एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १६ असोज। नेकपा एमालेले काठमाडौं क्षेत्र नं. १ मा उम्मेदवारको लागि अभिनेता भुवन केसीलाई दिएको टिकट भोलि पल्टै खोसेर जोक्कर बनाएको छ। उनको ठाउंमा एमालेले विद्या न्यौपानेलाई टिकट दिएको छ। भुवन केसीलाई सो क्षेत्रमा टिकट दिएलगत्तै पार्टीभित्र व्यापक विरोध भएपछि उनको टिकट खोसिएको एमाले निर्वाचन कमिटी संयोजक अग्नि खरेलले जनाएका छन्। २०६८ सालमा एमाले प्रवेश गरेका भुवन केसीले एमालेबाट टिकट नपाउने स्थिति आएपछि पार्टी त्यागको धम्की दिएका थिए। एक हप्ताअघि राप्रपा नेपालमा प्रवेश गर्ने तयारी गरिरहंदा एमाले नेताबाट टिकट पाउने आश्वासन पाएपछि उनले पार्टी त्यागको विचार छाडेका थिए। टिकट पाएपछि निक्कै फुर्रिएका भुवन केसीको टिकट पाएको एकदिनपछि नै खोसिएको हो।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b