सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान। युवा संघका एक कार्यकर्तालाई प्रहरीले चरम याताना दिएको छ। प्रहरीले आफन्तलाई पक्राउ गरेपछि सो विषयमा बुझ्न गएका युवालाई प्रहरीले चरम यातना दिएको हो। युवा संघ धरान नगर कमिटी उपाध्यक्ष कर्ण लिम्बुलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले विना कारण यातना दिएको युवा संघले जनाएको छ।
लङ्गुर पुर्जा (डाइस) खेलेको आरोपका धरान १५ वटा एक बालकसहित दुइजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको र उनीहरुको बारेमा बुझ्न जादा प्रनि रिजाले आफूलाई उल्टै कुटपिट गरी हात खुट्टा बाँधेर हिरासतमा राखेको पीडित लिम्बुले वताए। घटनाको विषयमा बुझ्न जादा प्रनि रिजालले जनाकारी दिन नमानेका कारण उनीसंग सामान्य वादविवाद भएको कारण आफूलाई उनकै नेतृत्वमा यातना दिएको उनको भनाई छ। प्रहरीको कुटाइवाट घाँटी, हात खुट्टालगायत शरिरका विभिन्न ठाउमा निल डामहरु देखाउदै उनले सुरक्षाको नाममा प्रहरीको ज्याजदी बढेको आरोप लगाए। उनले आफूलाई पानीसमेत खान नदिइ ६ घण्टा कसैलाई भेट्न नदिइ हात खुट्टा बाधेर चरम यातना दिदै राखेको वताए। उनलाई प्रहरी विना कारण हात खुट्टा बाधेर थुनेको सुनेर पुगेका सञ्चारकर्मीहरुलाई समेत प्रहरीले भेट्न दिएको थिएन।
प्रहरी घटना ढाकछोप गर्न सञ्चारकर्मीलाई कार्यालय गेटमै रोखेको थियो भने युवा संघ तथा एमालेका पार्टीका नेताहरुलाई समेत लिम्बुलाई भेट्न दिएको थिइएन। घटनापछि युवा संघले इलाका प्रहरी कार्यालय घेराउ गरेपछि सहमतिको लागि प्रहरीले वार्तामा वोलाएको भए पनि उनीहरुलाई समेत लिम्बुलाई भेट्न नएिको वार्तामा सहभागी संघका केन्द्रिय सदस्य ज्ञानदिप लिम्बुले जानकारी दिए। इलाका प्रहरी कार्यालय धरानका डिएसपी टेक बहादुर तामांग, एमाले जिल्ला सचिव मोति सुनुवार, संघका केन्द्रिय सदस्य ज्ञानदिप लिम्बु लगायत वार्तामा डिएसपी टेक बहादुर तामांगले गल्ति स्वीकार गर्दै लिम्बुलाई रिहा गरेका थिए। वार्तामा एमाले तथा संघका नेताहरुले पत्रकारको उपस्थितिमा मात्र लिम्बुलाई रिहा गर्ने सर्त राखेपछि वार्ता ५ घण्टासम्म लम्बिएको थियो। लिम्बुलाई रिहा गरेपछि सञ्चारकर्मीहरुसंग भेटेका डिएसपी तामांगले प्रहरीवाट कमजोरी भएको स्वीकार गरेका छन्। उनले लिम्बु र आफ्ना कर्मचारीहरुबीच भनाभन भएकोले उनलाई नियन्त्रणमा लिएको भए पनि उनले अराजकता प्रस्तुत गरेका कारण हात खुट्टा बाधेर प्रहरी घेरामा राखेका बताए।
लिम्बुलाई हतकडी सम्म लगाएर लडाएर राखिएको स्वीकार गरे पनि उनी आफैले यो समान्य घटना भएकोले सञ्चारकर्मीलाई भेट्न नदिएको बताउन पछि परेनन्। यता घटनाका मुख्य आरोप प्रनि रिमाल भने मिडियामा वोल्न चाहेनन्। त्यसो त इप्रकाको यो मात्र पहिलो घटना भने होइन यस अघि पनि सामान्य घटना प्रक्राउ परेकाहरुलाई चरम यातना दिने गरेको प्रहरी स्रोत को दावी छ। प्रनि रिजालकै नेतृत्वमा यस अघि माधक पदार्थ सेवन गरेर होहल्ला गरेका आरोपमा पक्राउ परेको धरान १९ का एक युवालाई कुटपिट गरी टाउकोमा ४ टाँका लगाउने स्थितीमा पुर्याएका थिए। उनले अन्य युवाहरुलाई समेत अनावश्यक दुख दिने गाली गलौज गर्ने पीडित युवाहरुको आरोप छ। यसै विच विवादमा तानिएका प्रनि रिजाललाई कोशी अञ्चल प्रहरी कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको अप्रका स्रोतले जनाएको छ।
फोटो:
१, २, ३, ४ पीडितको शरिरमा लागेका निडडाम र पीडित ,
५, ६ घटनाको विरोधमा इप्रका घेराउ गर्दै युवा संघ कार्यकर्ता।
३ प्रहरीभित्र छिर्न नदिएपछि सञ्चारकर्मीहरु इप्रका धरानको गेटमा
फोटोः सन्तोष काफ्ले धरान / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b