धर्मराज अधिकारी / एचकेनेपाल डट कम –
लण्डन। गैरआवासीय नेपालीसंघ (एनआरएनए) युकेले एनआरएन आइसीसीको अध्यक्ष पदमा उम्मेदवारी दिएका उपाध्यक्ष क्या. हितमान गुरुङलाई पूर्ण समर्थन गर्ने निर्णय गरेको छ। शनिबार लण्डनमा सम्पन्न छैटौं कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष गुरुङको ‘क्याडिडेण्सी’लाई पूर्ण समर्थन गर्ने निर्णय गरेको हो।
एनआरएनए युकेका अध्यक्ष योगेन बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न बैठकमा आइसीसी सदस्य विश्व आदर्श पण्डितले गुरुङलाई जिताउन एनआरएनए बेलायत एक हुनुपर्ने बताए। उनले भने, आइसीसीमा उम्मेदवारी दिएका बर्तमान उपाध्यक्ष क्या. हितमान गुरुङलाई जिताउन कुनै कसर बांकी राख्नुहुन्न। आफूपनि एनआरएन आइसीसीको उपाध्यक्ष पदको प्रत्यासी भएको उल्लेख गर्दै आइसीसी सदस्य पण्डितले गुरुङको उम्मेदवारीलाई सफल बनाउन आफू उपाध्यक्षमा नलड्ने उद्घोष गरे। अध्यक्षमा वर्तमान उपाध्यक्ष क्या हितमानको उम्मेदवारी आउंछ भने म उपाध्यक्षमा उम्मेदवारी दिन्न, पण्डितले प्रस्ट्याउंदै भने, ‘उनले हात झिकेको अवस्थामा मेरो उम्मेदवारी आउंछ।’ नवनिर्वाचित आइसीसी सदस्य थर्कसेनले आइसीसीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका गुरुङलाई एकमतले समर्थन गर्ने बताउंदै उनलाई जिताउन सम्पुर्ण शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । एनआरएनमा क्या. हितमानको योगदान अतुलनिय छ, ‘नागरिकता निरन्तरता, संयुक्त लगानी र गोर्खा समस्यामा उहांको अनुभवलाई अक्षुण राख्नपनि गुरुङलाई समर्थन गर्नुपर्छ ।’ बेलायतले अहिलेसम्म अध्यक्ष पद दाबी नगरेको जिकिर गर्दै सेनले एनआरएन जन्मिएको बेलायतले अध्यक्ष पदमा दाबी गर्नु स्वभाविक भएको जिकिर गरे। त्यस्तै युरोप क्षेत्रीय उपसंयोजक लक्ष्य गुरुङले पनि उपाध्यक्ष क्या. गुरुङलाई अध्यक्ष पदमा जिताउन सक्दो पहल गर्नुपर्नेमा जोड दिए। उनले आफूले पनि युरोप संयोजकमा उम्मेदवारी दिएको बताउंदै त्यसमा सहयोग गर्न आव्हान गरेका थिए। बैठकमा एनआरएनए युके निवर्तमान अध्यक्ष कुल आचार्यले बेलायतबाट उम्मेदवारी घोषणा गरेका आईसीसी उम्मेदवारहरुको सवालमा एनसीसी जहिलेपनि एक भएको बताए। उनले बर्तमान अवस्थामा पनि आइसीसीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका क्या. गुरुङलाई जिताउन एक भएर जानुपर्नेमा जोड दिएका थिए। सो बैठकले एनआरएनए युकेको मुख्य संरक्षकमा प्रोफेसर डा. सुर्य सुवेदीलाई सर्वसम्मत चयन गरेको छ। त्यस्तै बैठकले मृतक रमेश लामाको शव नेपाल पठाउन आर्थिक सहयोग गर्ने चन्दादाताहरुलाई हार्दिक धन्यवाद दिएको छ। एनआरएन आइसीसीको विश्व सम्मेलन अक्टोबर १९ देखि २२ सम्म काठमाडौंमा चल्नेछ।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b