एचकेनेपाल डट कम-
अन्नपूर्ण दुध पोखरी समाज दक्षिण कोरियाले दक्षिण कोरियाकाट कृषि विषयमा पिएचडी गरेका डा. अनुप गुरुङलाई सम्मान गरेको छ। समाजले छुसकको अवसरमा सिक्लेस गाउं निवासी डा. अनुप गुरुङलाई सम्मान पत्रसहित खादा ओडाई सम्मान गरेको हो।

अन्नपूर्ण दुध पोखरी समाज दक्षिण कोरियामा स्थापना भएका बिभिन्न संघ संस्थाहरुमध्ये एक कृयाशिल संस्था हो। रोजगारीको शिलशिलामा द. कोरिया प्रवेश गरेका केही जागरुक तमूहरु मिलेर भिम तमूको संयोजक र पम तमूको अध्यक्षतामा ४० जनाको सदस्य सहित १९९५ अप्रिल ७ तारिख स्थापना भएको थियो। अहिले यो समाज आफ्नो १८ औं वर्ष पूरा गरि १९ औं वर्षमा हिडिरहेको छ । अन्नपूर्ण दुध पोखरी समाज स्थापनाको उद्धेश्य यस क्षेत्र अन्तर्गत पर्ने गा.वि.स.हरु पार्चे, नामार्जुङ, सिल्दुजुरे र थुमाको डांडाबाट कोरियामा रोजगारीको सिलसिलामा आएका तमूहरुको सुख दुःखमा हातेमालो गरि अगाडि बढ्नुको निमित्त स्थापना भएको हो । यस संस्थाले लगभाग आफ्नो २ दशकको अवधिमा निकै उतार, चढावको सामना गर्नु परेको छ । अन्नपूर्ण दुध पोखरी समाजले आफ्नो सदस्यहरुको हरेक सुख दुःखमा सक्दो आर्थिक र भौतिक रुपले सहयोग गर्दै आई रहेको छ। जस्तै कुनै दुर्घटना, बिरामी, मानसिक तनाव आदि समस्याहरुमा त्यस्तै सहयोगको भावनालाई अरु शसक्त बनाउनको निमित्त २००५ देखि धरपकडमा परि नेपाल फर्कने सदस्यहरुलाई हवाई टिकट र स्वेच्छाले नेपाल फर्कने सदस्यलाई २ दोनको औंठी (7.4g) मायाँको चिनो स्वरुप दिएर विदाई गरेका छौं । र हाल सम्म १५ जनालाई हवाई टिकट र ९ जनालाई औंंठी दिएर विदाई गरि सकेका छौं । यस समजले कोरियामा मात्र नभएर आफ्नो गाउघरतिर पनि सहयोग गरि सकेका छौं र आउने समयमा पनि सहयोग गरिरहने छौं । समाजले आफ्नो गाउघरमा मुख्यतः बाटो घाटो, स्कुल र खेल्कुद क्षेत्र आदिमा सहयोग गरि सकेको छ । समाजले हिन्दू धर्मालम्बीहरुको चाड दशैं तिहार र कोरियन चाड सलनार र छुसक मा भेटघाट कार्यक्रम गर्दै आई रहेको छ । र यसै अन्तर्गत यस वर्षको छुसकमा सिक्लेस गाउ निवासी डा. अनुप गुरुङलाई कोरियाबाट कृषि विभागमा पि.एच.डी. गर्नु भएको खुसीमा उहाँलाई सम्मान पत्रसहित खादा ओढाई सम्मान गरेको थियो। हाल यो समाजमा अध्यक्ष अमर तमू, सचिव देव नारायण तमू र काषाध्यक्ष देवी तमूसहित ६ जनाको कार्यसमिति गरी ३५ जनाको सदस्य संस्था रहेको छ। लेखकः दल तमू संयोजक अन्नपूर्ण दुध पोखरी समाज द. कोरिया

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस