कोलोराडो प्रतिनिधी/ एचकेनेपाल डट कम-
कोलोराडो, सेप्टेम्बर। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरद्वारा संचालित साहित्य संगमको नियमित कवि गोष्टी सेप्टेम्बर महिनाको कार्यक्रम गजलकार भुपेन्द्र महत/श्रीमती इनु महतको बोल्बडरस्थित निवासमा यही आइतबार २९ तारिखका दिन सम्पन्न भयो।
कार्यक्रमको अध्यक्ष आचार्य प्रभाले ग्रहण गरेकी थिइन् भने अन्य श्रष्टाहरुमा गजलकार मनु ब्राजाकीको पनि उपस्थिती रहेको थियो। कार्यक्रमको संचालन अनेसास कोलोराडो च्याप्टरका महासचिव कपिल सुबेदीले गरेका थिए। कार्यक्रममा रचना बाचन गर्नेहरुमा मनु ब्राजाकी,भुपेन्द्र महत, बिजयराज शर्मा, प्रमिला शर्मा, पुराना घरे, बिजयदेव अधिकारी, तारा अधिकारी, केशब आचार्य, दामोदर लुइँटेल,समीर आचार्य, मणिराज बस्नेत,पदम विश्वकर्मा, आचार्य प्रभा, कपिल सुबेदी रहेका थिए। सधैं झैं कार्यक्रम साहित्यमय तवरले समापन भएको थियो। कार्यक्रममा कवि/गजलकार पुराना घरे (भोला शिवाकोटी)ले नेपाली भाषा, साहित्यलाई प्रवासमा अझ कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा बिचार, बिमर्श गरेका थिए भने सबैले आ-आफ्ना साहित्यिक बिचारहरु राख्नु राखेका िथए। कार्यक्रमका दृश्यहरुलाई सधैं झैं आफ्नो क्यामेरामा कैद गर्न बि.आर.टि.नेपालका संस्थापक शैलेस पोख्रेलले सहयोग गरेका थिए। उक्त कवि गोष्टीमा रचनाहरु सुन्न अन्य साहित्यानुरागी श्रष्टाहरुको पनि उपस्थिती रहेको थियो। यसरी सेप्टेम्बर २०१३ को साहित्य संगमको कविगोष्ठी कार्यक्रम सफलतापूर्ण सम्पन्न भयो। कार्यक्रमको समापन गर्दै सभापति आचार्य प्रभाले कार्यक्रम सम्पन्न गर्न स्थान उपलब्ध गराइदिने महत परिवारलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b