गैरआवसीय नेपाली संघ बेलायतबिच एकता, दुबै समितिलाई समाहित गर्दै एकता अधिवेशन सम्पन्न
दधिराज घिमिर / एचकेनेपाल डट कम-
बेलायत, गत १७ अगष्ट २०१३ बाट सुरु भएको बिवाद अन्ततः डा. सूर्य सुबेदीको अथक प्रयास र पहलमा यहि २९ सेप्टेम्वरमा नेपाली दूतावासमा भएको एकता अधिवेशनले एकतामा परिणत गरेको छ।
यो एकता अधिवेशनले बेलायतमा सकृय गैरआवसीय नेपाली संघ, बेलायत दुबै तर्फको कार्य समितिलाई समाहित गर्दै एकीकरण गरिएको छ। डा. सूर्य सुबेदीले बिगतमा भएका बार्तालाई आधार बनाई एकताको लागि २१ बुदें सहमति पत्र तयार बनाउनु भएको थियो। सहमति पत्रका मुख्य बुंदाहरुमा गैरआवसीय नेपाली संघ, बेलायतक एकता अधिवशन मार्फत आधिकारीकता दिईएको छ। दुबै समितिमा रहेका कार्य समितिलाई सदस्यहरुलाई मान्यता दिदै एकता महाधिवेशनले गैरआवसीय नेपाली संघ, बेलायतको बिधानलाई संशोधन गरेको छ। अध्यक्ष, संयोजक र कोषध्यक्षलाई एक एक बर्षको कार्यकारीणी रहने र दुबै समितिका उपाध्यक्ष, सचिव र सदस्यहरुका भने दुबै बर्ष कार्यकारीणी रहने ब्यवस्था गरिएको छ। पहिलो बर्ष २९ सेप्टेम्वर २०१४ सम्म योगेन्द्र बाहादुर क्षत्री अध्यक्षका साथ उहांकै समितिमा रहनु भएका महासचिव र कोषाध्यक्ष कार्यकारी रहनु हुने छ भने महेन्द्र कंडेल अध्यक्षको भूमिकामा रहनु हुने छ त्यस्तै महासचिव र कोषाध्यक्षामा पनि हुने छ। दोश्रो कार्यकालमा २९ सेप्टेम्वर २०१४ देखि महेन्द्र कंडेल अध्यक्ष हुनुहुने छ। महेन्द्र कंडेलको समितीमा रहनु भएका महासचिव र कोषाध्यक्ष कार्यकारिणी हुनुहुने छ। उपाध्यक्षमा पाचै जना रहने ब्यवस्था रहने छ। आइसिसिमा भने १० जनामा गोला प्रथाबाट ५ जानालाई चुनिने छ। आईसीसीमा नपर्ने सदस्यहरुलाई केन्द्रिय सल्लाहकारको लागि पहल गर्ने निर्णय गरिएको छ। पूर्व अध्यक्षहरुलाई संरक्षकको रुपमा रहनु हुने छ। बिगतदेखि नै बेलायतमा उठ्दै आएको बेलायतबासी नेपालीहरुको माग बिशेषताः महेन्द्र कंडेलहरुको समितिले लिएको काउन्सिलको अवधारणामा जाने बिषयमा यो एकताको अधिवेशनले लागु गर्ने निर्णय गरेको छ। परिषद काउन्सिलको अध्ययन गर्न अङ्गकल्च लामालाई संयोजक बनाई कार्य समितीमा पेस गर्ने निर्णय गरेको छ । डा. किष्ण अधिकारीको संयोजकमा सदस्यता शुल्क घटाउने, उम्मेद्धार दस्तुर घटाउने प्रतिबेदन तयार गरी कार्यसमितीमा पेस गर्ने निर्णय गरेको छ। अव बेलायतको गैरआवसीय नेपाली संघ समाबेसी हुदै अगाडी बढ्नेमा प्रतिवद्धता गरिएको छ। यस संघका सदस्यहरुले एकआरकाको बिरुद्धमा कुनै प्रकारको बिषयलाई कुनै पनि सामाजिक संजाल,ईमेल तथा अन्य सार्वजनिक ठांउहरुमा गर्न नपाईने ब्यवस्था यो अधिवेशनले गरेको छ र यो बिषयलाई अध्ययन गर्न डा. सुर्य सुबेदीको संयोजकमा समिति समेत निर्माण गरिएको छ। डा. सुर्य सुबेदीले दिनुभएको २१ बुंदामा रहेको सहमतिमा उपस्थित दुबै तर्फका कार्यसमितीका सदस्यहरुले समर्थन गरेका थिए। छलफलको क्रममा आएका बिषयलाई डा. सुर्य सुबेदीले सबैलाई चित्त बुभ्ने जवाफ दिनुभएको थियो । यस सहमतिमा दुबै अध्यक्ष महेन्द्र कंडेल र योगेन्द्र क्षेत्रीले देखाउनु भएको लचकतालाई एकताको अधिवेशनले धन्यवाद समेत पास गरेको छ। सदैव समाजलाई मिलाएर लानु पर्नेमा चिन्तित रहनु हुने निवर्तमान अध्यक्ष कुल आचार्यले देखाउनु भएको कार्य कुशलताले बेलायतमा मात्र नभएर सम्पूर्ण बिश्वमा रहेका प्रवासी नेपालीहरुले धन्यवाद दिने छन्। साथै बिभिन्न संघ संगठनका प्रबुद्ध ब्यक्तिहरुको भूमिका पनि बेलायतको समाजको ईतिहासले सधै संझिनेनै छ। गैरआवसीय नेपाली संघ, बेलायतले यो संस्थालाई जन्म मात्रै होईन हुर्काउन र समय अनुसार स्याहार सम्भार गर्दै कसरी अगाडि बढाउनु पर्दछ भन्नेमा बेलायतमा रहेका नेतृत्वहरु सक्षम छन भन्ने सन्देश दिन सफल भएको छ। आगामी दिनमा यहां रहेका बिविध समस्याहरुलाई मैत्रिपूर्ण बातवरणमा छलफलकै बिधीद्धारा सामाधान गर्न सकिन्छ भन्ने नजिर यो एकता अधिवेशनले दिएको छ। यो एकतामा रात दिन नभनेर लाग्नुहुने डा.सुर्य सुबेदीलाई बेलायतवासी तथा संसार भरी रहेका गैरआवसीय नेपालीहरुले सदैव शिक्षाको रुपमा ग्रहण गर्ने छन्। साथै कार्यबाहक राजदूत तेजबहादुर थापाले गर्नु भएको सहयोगलाई बेलायतबासी नेपालीहरुले सधै सम्झने छन्। साथै बिभिन्न संघ संगठनका प्रमुख ब्यक्तिहरु र समाजका प्रबद्ध ब्यक्तिहरु पनि धन्यवादको पात्र रहनु भएको छ। बेलायतमा भएको असाधारण एकतालाई प्रगतिशिल नेपाली समाज यूकेका संयोजक सुरेश गौतम र प्रगतिशिल नेपाली महिला समाजका संयोजक गंगा खरेलले एक बिज्ञप्ति जारी गर्दै डा. सुर्य सुबेदी तथा यो एकतालाई सहयोग गर्नु हुने सम्पूर्ण संघ, संगठन, बुद्धिजीबी, पत्रकार तथा सम्पूर्ण बेलायतबासीहरुप्रति आभार ब्यक्त गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस