समाचार प्रतिनिधि/ एचकेनेपाल डट कम-
बोस्टन, अमेरिका। बोस्टनका नेपाली साहित्यकारहरूको नियमित मासिक साहित्यिक शृंखला “सिर्जना उत्सव” को छैठौ सस्करण आइतबार सम्पन्न भएको छ।

हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार आयोजना हुने उक्त कार्यक्रममा यस पटक विभिन्न कवि कवयित्रीहरूले कविता, गीत र गज़ल प्रस्तुत गरे। हरि थापाको गज़लबाट शुरु भएको कार्यक्रममा महेश्वर पन्त, धनबहादुर लिम्बु, सन लिम्बु, नवराज राईलगायतले गज़ल प्रस्तुत गरे भने दिनेश राजभण्डारी, ममता कर्माचार्य, दीपा राई पुन, अनु शाह, एल बि ऐरलगायतले कविता बाचन गरे। कार्यक्रममा गोवर्धन पूजाले गज़ल वाचन गर्दै गज़लको सामान्य संरचना सम्बन्धि जानकारी गराए भने रुक्मिणी कार्कीले सांगीतिक कोशेली प्रस्तुत गरिन्। महेश्वर पन्तले कार्यक्रमको उपादेयतामाथि प्रकाश पारे भने बिमल नेपाल, आँशुलक्ष्मी राजभण्डारी, ज्ञानप्रकाश शर्मा, दीपा राई पुनलगायतले आआफ्नो विचार व्यक्त गरे। कार्यक्रम साहित्यप्रेमी ओमप्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस