सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
धरान र बिगत डेढ दशकदेखि नेपाली संगीत क्षेत्रमा क्रियाशील कुसल गायक एपी शेर्पाले शुक्रबार पहिलो पल्ट आफ्नो गृह नगर धरानमा ए पी शेर्पा लाईभ इन धरानमा आफ्नो स्वरमा डेढ दर्जन गीतहरु प्रत्यक्ष प्रस्तुत गरेका थिए।

सिल्वर इन्टरटेनमेन्टको आयोजनामा स्थानीय सैनिक भवनमा आयोजित कार्यक्रममा एपीले भर्खरै दिवंगत गायक फत्तेमान राजभण्डारीलाई सम्झदै यस्तो पनि हुंदो रैछ बोलको गीत गाएर कार्यकर्मको सुरुवात गर्दै जहाँ छन् बुद्धका आँखा बोलको भक्तराज आचार्यको देशभक्ति गीत प्रस्तुत गर्दै आफ्ना चर्तित गीतहरु सुनाउन थाले । खबर, म त मेरै गाउंमा, भाईटिका, मादलु, सम्झना नै आजभोलि, तिम्रो लागि, माथि माथि , आएको म त, संगसंगै, स्व. अरुण थापाको जति माया लाए पनि र खेमराज गुरुङको वारी जमुना समेत गाएर कार्यकर्मको माहोल तताएका थिए। उनले यात्रा भरि बोलको नया गीत समेत प्रस्तुत गरेका थिए। कार्यकर्ममै अतिथि गायक नवराम राईले तिमी मलाई भुली दियौ र दन्तैमा मोहनी प्रस्तुत गरेका थिए। दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको संचालन मिस पूर्वाञ्चल नेहा बजाजले गरेकी थिईन्। नेपाल आइस बियर र ब्लु डाइमन्ड जीनको प्रयोजनमा कार्यक्रम सम्पन्न भएको थियो। काठमाडौमा दुई पटक एकल साँझ कार्यक्रम गरिसकेका एपीको धरानमा भने यो पहिलो एकल कार्यक्रम हो। एपीको ‘सुन्दर सपना’, ‘मेहनत’ र ‘खबर’ एलबम बजारमा आईसकेको छ।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस