एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ११ असोज। मोटरसाइकलमा आएको अज्ञात समूहले शुक्रवार विहान काठमाडौंको जोरपाटीमा गोली प्रहार गर्दा एकजना घाइते भएका छन्। घाइते हुनेमा भारत मोतीहारी घर भएका कपडा सिलाईको काम गर्ने मोहम्मद सनसुल्ल्लाह रहेका छन्। कालो पल्सर ९३४७ नम्बरको मोटरसाइकलमा आएको समूहले हानेको गोली सनसुल्ल्लाहको पेट र खुट्टामा लागेको प्रहरीले जनाएको छ। उपचारका लागि अहिले शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको बौद्ध प्रहरी बृतका डिएसपी मनोज केसीले बताए। घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस