एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १० असोज। सोलुखुम्बुको लुक्ला विमानस्थलमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटनामा घाइतेमध्ये स्थानीय होटल सञ्चालक डागेल शेर्पाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइते हुनेमा अर्का यात्रु अनिता शेर्पा रहेका छन्। अवरतरणको क्रममा बिमानस्थल छेक्न लगाइएको तारमा ठोक्किएर हेलिकप्टरको पछाडिको भागमा आगलागी भएको जनाइएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चालक दलका चार र यात्रु गरी ५ जना सवार थिए। अरुलाई सामान्य चोट लागेको जनाइएको छ। फोटो सौजन्यः रञ्जित पाण्डे
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b
