निमकान्त पाण्डे / एचकेनेपाल डट कम-
दुबई, यूएईको आइकार्ड एरियामा सम्पूर्ण आदिवासी जनजातिका प्रतिनिधिहरूको बृहत भेला हालै सम्पन्न भएको छ।
यूएईमा कार्यरत सामाजिक संघ सस्थामा बिशेष रुपमा स्थापित हुन सफल सचेत जनजातिका युवाहरुले दबाबमूलक रुपमा आदिवासी जनजातिहरुको अधिकार र जातीय सम्मानलाई अब बन्ने संबिधानमा ग्यारेन्टी गर्न दबाब दिने उद्ध्रश्यसहित यो नयाँ संरचनाको गठन गरिएको बताईन्छ।
लामो समयदेखि आदिवासी जनजातिको क्षेत्रमा बिशेष योगदान दिदै आउनु भएका हरि घर्ति मगरको संयोजकत्वमा भएको उक्त कार्यक्रम मार्च ९ तारिखदेखि सामजिक ब्यक्तित्व विनोद राई, सुरथ प्रधान, आशिष राई, गोविन्द श्रेष्ठ र भिम तामाङ्ग जस्ता युवाहरुको घनिभूत छलफल पश्चात भएको भेलाले नयाँ संरचनाको निर्माण गरेको हो।
संयुक्त राष्ट्रसंघको आदिवासी जनजाति अधिकार संवन्धी घोषणापत्र अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९ एंव अन्तर्राष्ट्रिय मानव अधिकारको दस्तावेजमा प्रत्याभूत भएका हक अधिकारका वारेमा अन्तर संवाद गर्दै नेपाल सरकारले जनजातिहरूका विभिन्न समयमा गरेका सहमति एवं संझौतावारे अन्तरसंवाद गरिने छ।
सार्वभैम भई राष्ट्रिय अखण्डतालाई बचाएर राख्दै जातिय पहिचान सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधन निर्माणका लागि आदिवासी जनजाती सभासदहरुले खेलेको भूमिकाबारे प्रशंसा गर्दै ऐक्यवद्धता जनाउदै आवश्यक पर्ने सबै सहयोगमा आवश्यक पहल गर्ने निर्णय गरिएको छ। यसका लागि आदिवासी जनजाति दलित महिला मुसलमान एवं अन्य अल्पसंख्यहरुको अधिकारको ग्यारेन्टी भएको संविधान निर्माणको लागि जनदवाव सृजना गर्न परिषदको नेतृत्वमा नेपाली दूतावास यूएईमार्फत संविधान सभा प्रधानमन्त्री एवं राजनैतिक दलहरुका ज्ञापन पत्र पठाउने समेत निर्णय गरेको जनाइएको छ।
यूएईमा रहेका आदिवासी जनजाति शिक्षित बुद्धिजीवी समाजसेवी राजनैतिककर्मी व्यवसायी पत्रकार कलाकार साहित्यकार जातिय ज्ञानका विज्ञ अनुभवि एवं सम्पूर्ण आदिवासी जनजाति साथीहरुसगै हातेमालो गर्दै सहकार्यमा आदिवासी जनजाति उद्धार कोष स्थापना गर्ने र उक्त कोष परिषदको निर्णय अनुसार दैवी प्रकोप आकस्मिक दुर्घटना मृत्यु एवं मानवीय अवस्थाका विविध अवस्थामा राहत प्रदान गर्ने गराउने समितिले पारित गरेको छ। धर्म संकृति भाषा कला एवं लिपिको संरक्षा र संवद्र्धन गर्दै प्रवासमा भएका सम्पूर्ण आदिवासी जनजाति युवाहरूलाई युवा परिषदमा आउन आव्हान गरिएको छ। सम्पूर्ण जनजातिहरुको समानुपातिक प्रतिनिधित्त्व गराउदै गठन गरिएको २७ सदस्य केन्द्रिय कार्यसमितिको अध्यक्षमा हरि घर्ति मगररहेका छन्। उपाध्यक्षमा क्रमश, आसिष राई,मोहन कुमार तामाङ्ग, गोविन्द श्रेष्ठ, देवलाल चौधरी, दिपराज युवहाङ्ग लिम्बु र योगन गुरुङ्ग रहेका छन् भने महासचिव-विनोद राई ,सचिव-सुरथ प्रधान, कोषाध्यक्ष-लाल बहादुर तामाङ्ग, सह-कोषाध्यक्ष दिपेन्द्र राई र प्रवक्ता भिम तामाङ्ग रहेका छन्। त्यसैगरी सदस्यमा युवराज राजवंशी, विकाश थापा मगर, विद्यासागर लिम्वु, मेघ तामाङ् , संदिप खेवा तामाङ् ,ललित श्रेष्ठ, दिनेस माझी, जोन लिम्बु, दिलीप पाख्रीन, सन्त तामाङ्, रमेश राई, दिपक पुन मगर, हेमन गुरुङ्, अमित चौधरी र हेम थापा मगर रहेका छन्।
त्यस्तै गरी हरी घर्तिमगरको संयोजकत्वमा विनोद राई, सुरथ प्रधान, आशिष राई, गोविन्द श्रेष्ठ दिपराज लिम्बू र भिम तामाङ् सहितको ७ सदस्य रहेको विधान निर्माण मस्यौदा समिति वनाईएको छ। उक्त भेलामा प्रस्तुत गरेको ९ बुँधे कार्यपत्रमा वृहत छलफलगरी पारित गरिएको जानकारी गराईएको छ। नेपाली आदिवासी जनजातिमा सूचीक्रृत भएका १० आदिवासी जनजातिहरुको प्रतिनिधित्व भएको र नेपाली जनाजाति महासंघ यूएईसंग कोअर्डिनेशन गर्दै अगाडि बढ्ने नवनियुक्त अध्यक्ष हरि घर्तिमगरले बताए।
हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस