एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १३ असोज। १६ वर्षमुनिको एएफसी च्यालेन्ज कप छनोट फुटबल खेल अन्तर्गत दशरथ रंगाशालामा सम्पन्न खेलमा तुर्कमिनिस्तानविरुद्ध ४–० गोल अन्तरका साथ शानदार जीत दर्ता गर्दै नेपाल फाइनल चरणमा प्रवेश गरेको छ।


यो जीतसंगै सन् २०१४ मा थाईल्याण्डमा हुने प्रतियोगितामा नेपाल छनौट भएको छ। पहिलो हाफको इन्जुरी समयमा पहिलो, ५१औं मिनेटमा दोस्रो र ८२औं मिनेटमा तेस्रो गोल गर्दै नेपाली कप्तान विमल घर्तीमगरले ह्याट्रिक पूरा गरे। दिनेश राजवंशीले ७५औं मिनेटमा गोल गरे। नेपालले गत शुक्रवार भएको खेलमा ४८ स्थानमाथि रहेको बलियो टिम इराकलाई २–२ को बराबरीमा रोकेर ठूलो झट्का दिएको थियो। त्यसै गरी, उद्घाटन खेलमा नेपालले बहराईनलाई २–० ले पराजित गरेको थियो। आज भएको पहिलो खेलमा नेपालसंग पराजित बहराइनले इराकलाई २–१ ले पराजित गरेको थियो। नेपालसंगै अर्को वर्ष फाइनलमा भिड्नेहरुमा थाईल्याण्ड आयोजक देश, अष्ट्रेलिया, जापान, इरान, ओमान र मलेशिया रहेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस