एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १० असोज। नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा किशोरविक्रम मल्ल निर्वाचित भएका छन्। निर्वाचनको औपचारिक घोषणा भने भइसकेको छैन। उनले लक्ष्मण लम्साललाई झिणो मतले पराजित गरेका छन्। मल्ल वरिष्ठ नेता माधव नेपाल र केपी ओली पक्षधर र लम्साल संस्थापन पक्षधरका मानिन्छन्। महासचिवमा लम्साल प्यानलका नविना लामा विजयी भएकी छन्। तीन उपाध्यक्षमा ऐन महर, दीपक गौतम र थोमस बास्तोला विजयी भए। पाँच सचिवमा महेश बर्तौला, अब्दुल हुसेन खाँ, राधिका खतिवडा, भक्तकुमारी लामा र सरोज यादव विजयी भए। कोषाध्यक्षमा रश्मि आचार्य निर्वाचित भएका छन्। गत ३ गते सुरु भएको अधिवेशन आपसी विवादका कारण ८ दिन लम्बिएको थियो।



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस