Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

संस्थापनमा पञ्च शैलीका नोकरशाही प्रबृत्तिः गुरुङ

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ६ चैत । एकीकृत नेकपा माओवादी संसदीय दलका मुख्य सचेत देबप्रसाद गुरुङले आफूहरुलाई शान्ति र संविधान विरोधी भन्नेहरु पार्टीभित्र र बाहिर जहाँको भए पनि पञ्च शैलीका नोकरशाही भएको दावी गरेका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता गुरुङले संस्थापन पक्षले आफूहरुलाई शान्ति र संविधान विरोधी भनेर आरोप लगाएकाप्रति लक्षित गर्दै भने-जहाँबाट यस्तो आरोप लगाए पनि पनि त्यो पञ्च शैलीको नोकरशाही प्रबृत्ति हो।

उनले संस्थापन पक्षले आफूहरुको अभियानको प्रतिकार गर्ने संस्थापन पक्षको सोच अप्रजातान्त्रिक र नोकरशाही सोच भएको भन्दै भीरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिदैन भनेर त्यो संस्थापन पक्षकै लागि प्रत्यूत्तपाद हुने चेतावनी दिए।

उनले आफूहरुको आन्दोलन शान्ति, संविधान र सहमतिको सरकारको पक्षमा भएको भन्दै राष्ट्रिय सहमति बनाएर मात्रै सरकार परिवर्तन गरिने स्पष्ट पारे। उनले भने-राष्ट्रिय सहमतिकै आधारमा सरकार परिवर्तन गर्ने हो, फेरि बहुमतको सरकारको लागि होईन। अविश्वासको प्रस्ताव हाल्ने फेरि पक्ष र प्रतिपक्ष बनाउन सरकार परिवर्तनको कुरा उठाएको होईन।

गुरुङले दलहरुले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा पटक पटक सहमति गरेको संसदले समेत अनुमोदन गरिसकेको अवस्थामा शान्ति र संविधानको लागि सहमतिको सरकार अनिवार्य भईसकेको भन्दै त्यसैको लागि दवाव दिन जनतामा जानु परेको बताए।

आफूहरुको आन्दोलन पार्टी फुटाउन र सरकारमा भाग खोज्न नभएको भन्दै संविधान निर्माणमा डेड लक देखिएकोले आन्दोलनमा जानु परेको बताए। उनले भने-निर्णयको सहमति कार्यान्वयन र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि चलाईएको अभियानलाई पार्टी फुट र शान्ति संविधान विरोधीको रुपमा ब्याख्या गरिदैछ। हामी राष्ट्रिय स्वाधिनताको मुद्दालाई छाडेर प्रधानमन्त्री दिए पनि सरकारमा जाने वाला छैनौं। सहमति भएको कुरा कार्यान्वयन नगरे पनि बाध्य भएर आन्दोलनमा गएका हौं।

अध्यक्ष प्रचण्डले सहमतिको सरकारको लागि प्रधानमन्त्रीको राजिनामाको कुरालाई सही ठहर गर्दै आफूले त्यसमा पहल गर्ने बताए पनि दुइ महिनासम्म त्यसलाई कार्यान्वयनको दिशामा अगाडि नबढी भित्रबाट सकिएन भने पछि जनतामा जानु परेको भन्दै शान्ति र संविधान राष्ट्रिय मुद्दा भएकोले जनता माझ गएको स्पष्ट पारे।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by