एचकेनेपाल डट कम संवाददाता –
पोखरा, ८ असोज। रेवान पोखराले एनसेलसंगको प्रायोजनमा आउदो शुक्रबार पोखरामा एक दिने मिनि सडक महोत्सव आयोजना गर्ने भएको छ। रेवानद्धारा मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले उक्त एकदिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । फेवातालको किनार बाराहीघाटदेखि हल्लनेचोक सम्म झण्डै १ किलोमिटर क्षेत्रमा उक्त महोत्सव हुने छ।

विश्व पर्यटन दिवसको सन्दर्भमा पानीको संरक्षण गरौ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु,राष्ट्रियस्तरका कलाकारहरु सुगम पोखरेल, नरेन लिम्वु, इन्दिरा जोशी, माउण्ट डडद्धड, यामा वुद्ध, जितु नेपाल का साथमा स्थानिय कलाकारहरुको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा बोल्दै कार्यक्रम संयोजक महोत्सव तथा रेवान पोखराका महासचिव लक्ष्मण बरालले महोत्सवस्थलमा अवस्थित चौतारिहरुमा गन्दर्भहरुको गायन, हिमाली साँस्कृतीक परिवारको लोक साँस्कृतीक कार्यक्रम, म्याजिक शो, फेस पेन्टिङ्ग, बालबालिकाका प्रस्तुती तथा अग्र्यानिक कृषि उत्पादन प्रदर्शनी, हस्तकला सामग्रीको प्रदर्शनी रहेन बताए । त्यसैगरि टान पश्चिमाञ्चलको संयोेजनमा बृत्तचित्र प्रदर्शनी गरिने छ। वाहय तथा आन्तरिक पर्यटक प्रवद्र्धन गर्नुका साथै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्ने लक्ष्यका साथ रेवान पोखराले वर्षेनी आयोजना गर्दै आएको मेघा इभेण्ट सडक महोत्सवको झल्को दिनेगरि एक दिने मिनि फेष्टिवल गरिनेपनि बरालले बताए । दिउसो ४ बजे देखि शुरु हुने फेष्टिवल मध्यरात १२ बजेसम्म सञ्चालन हुने छ । करिव २ लाख खर्च लाग्ने महोत्सवमा पश्चिमाञ्चलबाटै झण्डै ८ देखि १० हजार दर्शकको उपस्थिती रहने अनुमान आयोजकको छ । महोत्सवका लागि उचित ट्राफिक तथा सुरक्षाको व्यवस्था मिलाइसकिएको बताइयो। पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का महासचिव चिरञ्जीवि पोख्रेल, टान पश्चिमाञ्चलका सदस्य जीवनराज सापकोटा लगाएतले विश्व पर्यटन दिवसका अवसरमा पोखरामा आयोजना गरिने विभिन्न कार्यक्रमका बारेमा जानकारी गराएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस