निरञ्जन अधिकारी÷ एचकेनेपाल डट कम
मलाका, २३ सेप्टेम्बर। एएफसी प्रेसिडेन्ट््स कप फुटबल प्रतियोगिता २०१३ अन्तर्गत फाईनल चरणको पहिलो खेलमा नेपालको लक्ष्मी बैंक थ्रिस्टार क्लव ६-० ले पराजित भएको छ। मलेसियाको मेलाकास्थित हाङ्ग जेबाट रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपालको थ्रिस्टार क्लवलाई तुर्कमिनिस्तानको बाल्कन एफसीले सुरुदेखि नैं दबाबमा राख्यो।

खेलको २२ औं मिनेटमा बाल्कनले अग्रता लियो । थ्रिस्टारका खेलाडीहरु समालिन नसक्दा बाल्कनका येभ्गेनी काचेन्कोले सानो डि बक्स भित्रबाट गोल गर्दै टोलीलाई प्रारम्भिक अग्रता दिए। यसको दुई मिनेट पनि वित्न नपाँउदै बाल्कनले दोस्रो गोल ग¥यो। येभ्गेनीको लामो थ्रो बलमा कप्तान कारादानोभ मामेदालीले गोल थप्दै टोलीको अग्रता दोब्बर पारेका हुन्। दोस्रो हाफमा पनि थ्रिस्टारले सुधारिएको प्रदर्शन गर्न सकेन। ५९ औं मिनेटमा बाल्कनका सापारोभ मेकानले टोलीको लागि तेस्रो गोल गरे। येभ्गेनीको कर्नर प्रहारमा सब्स्टीच्युट खेलाडी शेरमेतोभ राहमतले मिलाईदिएको हेड पासमा मेकानले गोल गरेका हुन्। यसको ५ मिनेटपछि बाल्कनले अर्को गोल थप्यो। सब्सटिच्युट खेलाडी राहमतले सानो डि बक्सभित्र नेपाली डिफेन्डरहरुलाई छक्याँउदै टोलीको लागि चौथो गोल गरे। एकतर्फी खेलको ७७ औं मिनेटमा थ्रिस्टारका सरोज दाहालले विपक्षी खेलाडीलाई डि एरीयामा फल गरेपछि बाल्कनले पेनाल्टी हान्ने अवसर पायो। अवसरको सदुपयोग गर्दै गुर्बानी अमिरले बाल्कनलाई ५/० को अवस्थामा पु¥याए। ८६ औं मिनेटमा अर्का सब्सटिच्युट खेलाडी चोन्कायभ गहरीमानले डि एरीया बाहिरबाटै आकर्षक गोल गर्दै बाल्कनलाई ६/० को अवस्थामा पु¥याएका हुन्। खेलपछि थ्रिस्टारका प्रशिक्षक प्रदिप हुमागाईले प्रेसीडेन्ट्स कप जस्तो प्रतिष्ठित प्रतियोगिता खेल्न टोलीको तयारी नैं अपुग भएको प्रतिक्रिया दिए। समूहको अन्तिम खेलमा मंगोलियाको ईर्चीम विरुद्ध भने टोलीले उत्कृष्ट प्रदर्शन गर्ने हुमागाईको दावी छ।

यता विजयी टोली बाल्कनका प्रशिक्षक कुरबानमामेदोभ राहिमले पहिलो हाफको खेल प्रतिस्पर्धात्मक भएपनि दोस्रो हाफमा आप्mना खेलाडीहरुले स्तरीय प्रदर्शन गरेको बताए। एएफसी प्रेसिडेन्ट्स कप फुटबलमा थ्रिस्टारको यो दोस्रो सहभागिता हो । सन् २००५ मा काठमाडौंमा भएको पहिलो संस्करणमा थ्रिस्टारले सेमीफाईनलसम्मको यात्रा तय गरेको थियो। तटस्थ आयोजनास्थलमा मलेसियामा जारी प्रतियोगितामा दर्शकको सहभागिता भने नगन्य मात्रै रहेको छ । प्रतियोगितामा एशीयाली फुटबल महासंघ एएफसीका ग श्रेणीका राष्ट्रका लिग च्याम्पियन क्लवहरु सहभागि छन् । मेलाकामा सुरु भएको फाईनल चरणमा नेपालको थ्रिस्टार क्लवसहित ६ वटा टोलीहरु उपाधिका लागि भिड्दैछन् । थ्रीस्टार रहेको समुह ए मा तुर्कमिनिस्तानको बाल्कन र मंगोलियाको ईर्चीम फुटबल क्लव रहेका छन् । यसैगरी समुह बी मा प्यालेस्टाईनलको अलकुद हिलाल क्लव, किर्गीस्तानको डोरडोई र पाकिस्तानको केएलआर रहेका छन् । थ्रिस्टारले आप्mनो दोस्रो खेलमा बुधवार मंगोलियाको ईर्चीम फुटबल क्लवसँग खेल्नेछ। गत वैशाखमा काठमाडौंमा भएको प्रेसिडेन्ट्स कपको छनौट चरणमा ईर्चीमलाई थ्रिस्टारले २÷० ले हराएको थियो। तस्वीरः सञ्जीब शिल्पकार/ एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस