निरञ्जन अधिकारी / एचकेनेपाल डट कम –
मेलाका, एएफसी प्रेसिडेन्ट््स कप फुटबल प्रतियोगिताको फाईनल चरण सोमबारबाट मलेसियाको मेलाकामा हुँदैछ। मेलाकास्थित हाङ्ग जेबाट रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालको लक्ष्मी र्बैक थ्रिस्टार र तुर्कमिनिस्तानको बाल्कन भिड्नेछन्।

खेल नेपाली समय अनुसार दिउसो साँढे दुई वजे सुरु हुनेछ। उद्घाटन खेल हुनुभन्दा अघिल्लो दिन सोही रंगशालामा नेपाली टालीले अभ्यास गरेको छ। थ्रिस्टारका लागि नौलो प्रतिद्धन्दी बाल्कन विरुद्धको खेल नेपाली टोलीको लागि महत्वपूर्ण हुने थ्रिस्टारका प्रशिक्षकले बताएका छन्। प्रतियोेगिता सुरु हुनुभन्दा अगाडिको प्रि म्याच प्रेस कन्फ्रेन्समा थ्रिस्टारका प्रशिक्षक प्रदिप हुमागाई भन्छन् ‘‘मैले बाल्कनको खेल विगत केही महिनादेखि नियालिरहेको छु । मलाई आशा छ यो खेलमा हाम्रा खेलाडीहरुले सोचे अनुसारको प्रदर्शन गर्नेछन् । मेलाकाको मौसम नेपाली मौसमसँग मिल्दोजुल्लो भएकोले पनि यहाँ हुने प्रतियोगितामा नेपाली खेलाडीहरुले नेपालमै जस्तो प्रदर्शन गर्नेछन्।’’प्रशिक्षक जस्तै थ्रिस्टारका कप्तान सन्तोष साहुखल पनि प्रतियोगितालाई लिएर निकै आशावादी छन्। ‘‘सन् २००५ मा काठमाडौंमा भएको एएफसी प्रेसिडेन्ट्स कपको पहिलो संस्करणमा सेमीफाईनलसम्म पुगेको अनुभव हामीसँग छ। यसपटक ट्र«फी लिएरै देश फर्कने लक्ष्य छ।’’ त्यतिवेलाका टोलीका सदस्य एवं हालका कप्तान साहुखल भन्छन्। उद्घाटन खेलमा बाल्कनसँग अंक खोस्न सके थ्रिस्टारको सुरुवात सुखद बन्नेछ । साथै यसले प्रतियोगितामा ललितपुरे टोलीको भविष्य पनि निर्धारण गर्नेछ। पहिलो खेलमा थ्रिस्टारको प्रतिद्धन्दी बाल्कनका प्रशिक्षक कुरबानमामेदोभ रहिमले पनि आप्mनो टोलीको लागि सबै खेल महत्वपूर्ण हुने बताए। ‘‘सहभागि सबै ६ वटा टोलीहरु प्रारम्भिक चरण पार गरेर आएकोले कसैलाई पनि कम आँक्न मिल्दैन’’ उनी भन्छन्।

प्रतियोगिताको सबै तयारी पुरा भएको छ । तटस्थ आयोजनास्थलमा हुन लागेको प्रतियोगितामा एशीयाली फुटबल महासंघ एएफसीका ग श्रेणीका राष्ट्रका लिग विजेताहरुले खेल्दैछन्। मेलाकामा हुने फाईनल चरणमा नेपालको थ्रिस्टार क्लवसहित ६ वटा टोलीहरु ५० हजार डलर पुरस्कार राशीको उपाधिका लागि भिड्दैछन्। थ्रीस्टार रहेको समूह ए मा तुर्कमिनिस्तानको बाल्कन र मंगोलियाको ईर्चीम फुटबल क्लव रहेका छन्। यसैगरी, समूह बी मा प्यालेस्टाईनलको अलकुद हिलाल क्लव, किर्गीस्तानको डोरडोई र पाकिस्तानको केएलआर रहेका छन्। थ्रिस्टारले आप्mनो दोस्रो खेलमा बुधवार मंगोलियाको ईर्चीम फुटबल क्लवसँग खेल्नेछ। गत वैशाखमा काठमाडौंमा भएको प्रेसिडेन्ट्स कपको छनौट चरणमा ईर्चीमलाई थ्रिस्टारले २/० ले हराएको थियो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस