बिल गुरुङ / एचकेनेपाल डट कम –
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए—आइसीसी) को मध्यपूर्व संयोजक पदमा कतारबाट अमृत गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ।
कतारको दोहामा आयोजित कार्यक्रममा एनआरएन कतारका निवर्तमान अध्यक्ष गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको हो। एनआरएनएको छैंटौ विश्व सम्मेलन आगामी अक्टोबर १९ देखि २२ तारिखसम्म राजधानीमा हुदैछ। एनआरएनए कतारको अध्यक्षका रुपमा उत्कृष्ट कार्य गर्नुभएका गुरुङले खाडी क्षेत्रका गैरआवासीय नेपालीहरुको समस्या समाधान गर्दै एनआरएनको अभियानलाई अझ शसक्त, सबल, सुदृढ र संस्थागत विकासका लागि मध्यपूर्व संयोजक पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो।
संस्थाको भावनाको उचित सम्मान गर्न र मध्यपुर्व क्षेत्रमा रहेका नेपालीहरुको हकहितको लागि कार्य गर्न राष्ट्रिय समन्वय परिषदहरुलाई क्रियाशिल बनाउन मैले नेतृत्व लिनुपर्छ भन्ने ठानेको छु ।— गुरुङको घोषणापत्रमा उल्लेख छ। कतारको अध्यक्षको रुपमा काम गर्दा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ÷संस्थाहरुसंगको सम्बन्धले विशेषगरि श्रमिकसंग सम्बन्धित मुद्दाहरुमा भए गरेका कार्यहरुलाई मध्यपूर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको हितमा प्रयोग गर्न अभिप्रेरित गरेको गुरुङले बताउनुभयो। मध्यपूर्वमा कार्यरत नेपालीहरुको समस्याहरु जटिल प्रकृतिको रहेको भन्दै गुरुङले नेपाल सरकार र सम्बन्धित निकायमार्फत त्यस्ता समस्याहरु समाधानको लागि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
गैरआवासीय नेपाली संघ—अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को
मध्यपूर्व संयोजक पदमा
एनआरएन कतारका निवर्तमान अध्यक्ष
अमृत गुरुङको उम्मेदवारी
आदरणीय गैरसआवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु,
विश्वमा छरिएर रहेका ३० लाख भन्दा बढी नेपाली समुदायको साझा मञ्चका रुपमा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) का विश्वभरि छरिएर रहनुभएका आदरणीय नेपाली मित्रहरु, मध्यपूर्वमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपाली मित्रहरु, राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारी तथा सदस्य मित्रहरु लगायत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र पत्रकार मित्रहरुलाई मेरो नमस्कार।
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको आसन्न छैठौं विश्व सम्मेलन यहि आउने अक्टोबर १९ देखि २२ सम्म काठमाण्डौमा सम्पन्न हुन गैरहेको छ। यसै सम्मेलनबाट आगामी २०१३–२०१५ कार्यकालको लागि नया“ नेतृत्व चयन गरिने कार्यक्रम तय भएको हु“दा मध्यपूर्व संयोजक पदमा मैले आºनो उम्मेदवारी घोषणा गर्न चाहन्छु।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको २०११–२०१३ कार्यकालमा अध्यक्षको जिम्मेवारी वहन गर्ने क्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ÷संस्थाहरुसंगको सम्बन्धले विशेषगरि श्रमिकस“ग सम्बन्धित मुद्दाहरुमा भए गरेका कार्यहरुलाई अरु विस्तृत रुपमा समग्रमा मध्यपुर्व क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको हितमा प्रयोग गर्न अभिप्रेरित गरेको छ । कतारमा कार्यरत विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुसंगको सहकार्यले पनि मलाई सामाजिक सेवामा लाग्न प्रेरित गरेको छ । विशेषतः अन्तररष्ट्रिय श्रम संगठन र मानव अधिकारसंग सम्बन्धित संस्थाहरुसंगको सम्बन्धले यस क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको समस्या समाधानमा सहयोग पुग्ने विश्वास लिएको छु । विगत लामो समयदेखि कतारमा रहेर विभिन्न संघ÷संस्थाको जिम्मेवार पदमा रहि नेपाल र नेपालीको पहिचान गराउने र हाम्रो समस्या समाधान गर्ने सवालमा मेरो प्रत्यक्ष संलग्नताबाट सम्पन्न भए गरेका कार्यहरुबाट प्राप्त गरेको अनुभव र सबै सहयोगि मित्रहरुको साथ र सहयोगले सफल हुने विश्वास लिएको छु।
गैरआवासीय नेपाली संघ प्रवासी नेपालीहरुको साझा संस्था हो । विभिन्न कारणबाट प्रवासिएका गैरआवासीय नेपालीहरुस“ग समस्याहरु धेरै छन् । त्यसमा पनि यस मध्यपुर्व क्षेत्र अर्थात खाडी मुलुकहरुमा कार्यरत हाम्रा समस्याहरु अरु जटिल प्रकृतिका छन् । यहा“ नेपाली समुदायमा विभिन्न तहका व्यक्तिहरु कार्यरत हुनुहुन्छ र उहा“हरुको समस्याहरु पनि फरक फरक प्रकृतिका छन् । ती समस्याहरुको सहि समाधानको लागि हाम्रो संयुक्त प्रयास नै महत्वपूर्ण विकल्प हो । हामीस“ग भएका यावत समस्याहरुको पहिचान गरी प्राथमिकताका आधारमा नेपाल सरकार र सम्बन्धित निकाय मार्फत त्यस्ता समस्याहरु समाधानको लागि आवश्यक पहल हुनेछ ।
हामी जुन देशमा कार्यरत छौ, त्यहाँको कानुन, सामाजिक र भौगोलिक परिस्थिति, सुरक्षा लगायत स्वस्थ्य सम्बन्धि उचित शिक्षाको ज्ञानको अभावमा पनि धेरै समस्याहरुको सामाना गर्नु परेको छ । यसको लागि सम्बन्धित देशमा कार्यरत सेवा मुलक सरकारी संस्थाहरु तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुस“ग समन्वय गरेर नेपाली संघ संस्थाहरुसंग सहकार्य र सहभागिता सहितको शिक्षामुलक कार्यक्रमहरु सञ्चालन गर्न राष्ट्रिय समन्वय परिषदहरुबाट भए गरेका पहललाई अरु परिस्कृत र प्रभावकारी ढंगले अगाडी बडाउने कार्यक्रम तय गरिने छ।
हाम्रा समस्याहरु कुनै एक व्यक्ति वा समुहले समाधान गरिदेला भनेर ढुक्क हुन सकिदैन । हामीले हाम्रा साझा समस्याहरुको पहिचान गरेर ती समस्याहरुलाई प्राथमिकताका साथ समाधानको लागि संयुक्त पहल गर्नका लागि साझा संस्थाहरु अगाडि आउनु जरुरी देखिन्छ । त्यसको लागि गैर आवासीय नेपाली संघले पहल गर्न सक्छ भन्ने मेरो विश्वास रहेको छ । संस्थाको भावनाको उचित सम्मान गर्न र मध्यपुर्व क्षेत्रमा रहेका नेपालीहरुको हक हितको लागि कार्य गर्नका साथै यस क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुलाई कृयाशिल बनाउन मैले नेतृत्व लिनु पर्छ भन्ने ठानेको छु । मैले विगतका वर्षहरुदेखि कतारमा विभिन्न संघ÷संस्थामा रहेर यहाका श्रमजिवि नेपालीहरुसंगको प्रत्यक्ष सहकार्यमा सामाजिक कार्य गर्दै आई रहेको छु । नेपालीहरुको साझा समस्याहरु समाधान गर्ने सम्बन्धमा भए गरेका विभिन्न कार्यक्रमहरुमा मेरो प्रत्यक्ष संलग्नता रहदै आएको छ।
मेरो विगतको अनुभवलाई समग्रमा मध्यपुर्व क्षेत्रका नेपालीहरुको हितमा प्रयोग गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ जस्तो साझा संस्थामा साझा भावनालाई कदर गर्दै, कुनै व्यक्ति तथा समुहको फाईदा मात्र नहेरी समग्र नेपाली र नेपालको हक, हित तथा मान सम्मानका लागि साथै हाम्रा साझा समस्याहरुको समाधान गर्न मध्यपुर्व क्षेत्रमा कार्यरत गैर आवासीय नेपाली दाजुभाई तथा दिदीबहिनहरुको विचमा रहेर प्राप्त गरेका अनुभवहरुको अधिकतम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।
मध्यपुर्वमा कार्यरत श्रमजिवि नेपालीहरुको हक हित संरक्षण गर्दै यस क्षेत्रमा नेपाल र नेपालीको मान सम्मानलाई अक्षुण राख्न गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदको मध्यपुर्व संयोजको लागि उम्मेदवार बन्ने घोषणा गर्न चाहन्छु । आसा एवं विश्वास छ कि यहा“हरुको भरपुर सहयोग पाउने नै छु। धन्यवाद ।
अमृत गुरुङ,
मध्यपुर्व संयोजक उम्मेदवार
गैर आवासीय नेपाली संघ
अन्तरराष्ट्रिय समन्वय परिषद
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b