एचकेनेपाल डट कम संवाददाता –
हङकङ, २६ सेप्टेम्बर। हङकङ नेपाल बडी बिल्डिङ एसोसियसनद्वारा आयोजित ‘मिस्टर हङकङ नेपाल २०१३’ शारिरीक सुगठन प्रतियोगिताको शीर्ष उपाधि सुशिल नेवाले जितेका छन्। काठमाडौं मैतीदवीका ४१ वर्षीय नेवाले बेष्ट पोजको उपाधिसमेत जिते। प्रतियोगितामा सञ्जीब राई फष्ट रनरअप र रोशन मगर सेकेण्ड रनरअप भए। प्रतियोगितमा नोभाइस र खुला तौल गरी ८ खेलाडी सहभागी थिए। प्रतियोगीहरुलाई विशेष प्रशिक्षण दिनको लागि मिस्टर नेपाल तथा धर्मश्री विजेता सानु गुरुङ हङकङ आएका थिए। त्यस्तै, नेपाली चलचित्रकी नायिका शुष्मा कार्की अतिथि कलाकारको रुपमा हङकङ आएकी थिइन्। तस्वीरः जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस