एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, ५ असोज। सिर्जनशील अराजकता साहित्यिक अभियानका अभियन्ता तथा कवि-साहित्यकार राजन मुकारुङद्वारा लिखित उपन्यास ‘दमिनी भीर’ लाई यस वर्षको मदन पुरस्कार प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको शनिवार बसेको बैठकले मुकारुङद्वारा लिखित कृति दमिनी भीरलाई उक्त पुरस्कार दिने निर्णय गरेको हो। पुरस्कार राशी ४ लाख रुपैयाँको रहेको छ। दमिनी भीर वि.सं. २०६९ सालमा प्रकाशित कृतिमध्ये सर्वोत्कृष्टको छनोटमा परेको हो। दमिनी भीरलाई गत डिसिम्बर २६ तारिख हङकङमा विमोचन गरिएको थियो।

हङकङको एक कार्यक्रममा बोल्दै मुकारुङ। फाइल तस्वीरः एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Rajan Mukarung wins Madan Puraskar for Damini Bheer

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस