Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

मातेका राज्यमन्त्रीले हल्लाए वीर अस्पताल

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ चैत । मदिरा सेवन गरेर आइतवार साँझ वीर अस्पताल पुगेका स्वास्थ्य राज्यमन्त्री सरोज यादवले त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा पत्रकारमाथि दुर्व्यवहार गर्दै तथानाम गाली गरेका छन्।

मदिराले मातेका राज्यमन्त्री यादवले अपशव्द प्रयोग गर्दै दुर्व्यवहार गरेको त्यहाँका कर्मचारीले बताए। त्यहाँ पुगेका सौर्य दैनिकका फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई साले मेरो फोटो खिच्छस् भनेर अपशव्द प्रयोग गर्दै झापडसमेत हानेको प्रत्यक्षदर्शीले बताए। उनका साथ आएका गार्डले पनि रक्सी खाएका थिए।

छड्केमा आएको बताएका राज्यमन्त्रीले उपकुलपति र निर्देशकलाई १५ मिनेटमा हाजिर गर, नत्र भोलि लात्तीले हानेर निकाल्छु भन्ने आदेश दिएका थिए।

राज्यमन्त्रीको मापसे जाँच गर्नुपर्ने आवाज उठ्न थालेपछि उनी लुसुक्क पछाडिको बाटोबाट प्रहरीको सहयोगमा निस्किएको बिरामीका आफन्त र कुरुवाहरूले बताए।

राज्यमन्त्रीको वितण्डाले त्यहाँका चिकित्सक, स्वास्थ्यकर्मी तथा पत्रकारमाथि भएको दुर्व्यवहारप्रति अस्पताल प्रशासनले दुःख व्यक्त गरेको छ। अस्पतालका निर्देशक डा.बुलन्द थापाले घटनावारे छानविन भइरहेको बताए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by