केजिन राई / एचकेनेपाल डट कम-
बेल्जियम, नेपाल पत्रकार महासंघ युरोप शाखाले पत्रकार सन्तोष नेउपानेलाई आक्रमण गर्ने ब्यक्ति जीवन शर्मा उपाध्यक्ष रहेको संस्था प्रवासी नेपाली मंच वेल्जियमको समाचार १ बर्षसम्म बहिष्कार गरेर सहयोग गरी दिन आग्रह गरेको छ।

नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष महेश थापा र महासचिव प्रकाश ढकालद्वारा जारी प्रेस विज्ञप्ति तल पढ्नुहोस्

मिती १९ सेप्टेम्बर २०१३

प्रेस बक्तब्य

नेपाल पत्रकार महासंघ युरोप शाखाको सदस्य संन्तोष न्यौपानेमाथि वेल्जियमको बुर्ग्गेमा जीवन शर्माद्धारा भएको आक्रमणको विरोध गर्दै नेपाल पत्रकार महासंघ युरोप शाखासंग एक्यवद्धता जनाउनु हुनेप्रति हामी धन्यवाद ज्ञापन गर्दछौ। राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारमाथि दुर्व्यवहार गर्दै आक्रमण गर्नु अन्तर्राष्ट्रिय रुपमा गम्भीर अपराधको रुपमा लिइन्छ। यस्तो कार्य गर्नेलाई कानुनी कारवाहीको साथै सामाजिक ज्ञान पनि दिनु आवश्यक हुन्छ।

जीवन शर्मा प्रवासी नेपाली मंच वेल्जियमस्थित क्षेत्रिय उपाध्यक्ष समेत रहेको हुदा उनलाई सो पदवाट मुक्त गरी प्रत्रकारलाई दुर्व्यवहार र आक्रमण गर्ने गलत कार्यको विरोध गर्दै महासंघप्रति एक्यवद्धता जनाउन आग्रह गरेकोमा मंचले त्यस्तो कुनै कार्य नगरी उनको प्रतिरक्षा गरी यस्तो कार्य गर्नेको मनोवल उचा राख्ने कार्य भएको हुदा पत्रकारको हक हित अधिकार र सुरक्षाको प्रत्याभूतिको लागि आजको मितीदेखि एक बर्षसम्म प्रवासी नेपाली मंच वेल्जियमको कुनै पनि कार्यक्रममा युरोपमा कार्यरत पत्रकार साथीहरु उपस्थित नभई दिनु हुन अनुरोध गर्दछौ।

यसै गरी, मिडिया कर्मी साथीले पनि नेपाल पत्रकार महासंघ युरोप शाखाप्रति एक्यवद्धता जनाउदै आजको मितीदेखि एक बर्षसम्म प्रवासी नेपाल मंच वेल्जियमको कुनै पनि कार्यक्रमहरुको समाचारलाई तपाईहरुको मिडियामा स्थान नदिइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं।

महेश थापा
अध्यक्ष

प्रकाश ढकाल
महासचिब
नेपाल पत्रकार महासंघ युरोप शाखा

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस