एचकेनेपाल डट कम संवाददाता –
हङकङ, युन लङको पात हेयुङस्थित हाई स्पीड रेलको टनेलमा काम गर्दै गर्दा दुर्घटनामा परेर गत मंगलबार स्याङ्जाका ३७ वर्षीय युवराज गुरुङको मृत्यु भएको छ।

डेली एप्पलका अनुसार टाउकोमा गम्भीर चोट लागेर विहोश अवस्थामा भूईमा ढलेका गुरुङलाई तुरुन्त पोक ओइ अस्पताल पुर्याए पनि चिकत्सकले मृत घोषणा गरेका थिए। उनी म्याग्दीका नबीन्द्र मल्लसहित अन्य तीन सहकर्मीसंग टनेलको करीव ४० मिटरभित्र ब्लाष्टपछि सफा गर्ने काम गरिरहेका थिए। केही ठूलो आवाज सुनेपछिमात्र युवराज ढलेको अरुले चाल पाएका थिए। टाउकोमाथि ढुंगा खसेर वा साथीले चलाएको स्काभेटरले ठक्कर दिएर उनी ढलेका हुन् पत्ता लाग्न सकेको छैन। बिहान करीव ३ बजेतिर भएको सो दुर्घटना पर्याप्त उज्यालो नभएको भने अनुसन्धानको क्रममा देखिएको छ। सन् १९९६ मा हङकङ आएका युवराज गुरुङले २ वर्षअघिमात्र २५ वर्षीया सुम्मासंग विवाह गरेका थिए। युन लाङ माटियनमा बसोबास गर्दै आएका उनीहरुको छोराछोरी जन्मेको छैन। युवराज सिनियार फोरम्यानका रुपमा कार्यरत थिए। अनुसन्धानमा संलग्नहरुका अनुसार घटनास्थलमा रगतको आहाल ३ ठाउंमा भेटिएको जनाएको छ। दुर्घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। घटनापछि शवको पहिचान गर्न उनकी पत्नी अस्पताल पुगेकी थिइन्। छिट्टै नेपाल फर्कने योजना बनाइरंहदा मौका नजुरेपछि ढिलाई भइरहको थियो। यही ढिलाईले सुम्माको युवराजसंगै नेपाल फर्कने सपना भत्काई दिएको छ भने युवराजलाई उनका जीवनसंगीनी, आफन्त र साथीभाईबाट सधैंको लागि कालले खोसेर लगेको छ। एक कुशल, अनुभवी र लगनशील नेपाली युवकको निधनले नेपाली समुदायलाई स्तव्ध बनाएको छ। परिवार र समाजमा अपूरणीय क्षति भएको यस दुःखद घडिमा युवराजप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना… । १) मृतक गुरुङ र कार्यस्थल। २) बीचमा मृतककी पत्नी र आफन्त। तस्वीर सौजन्यः डेली एप्पल

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस