एचकेनेपाल डट कम संवाददाता –
धरान, ठूला सांगीतिक कन्सर्टहरुमा धरान छुट्दा संगीत अपुरो झै हुन्छ। नाम चलेका गायक तथा संगीतकारहरुलाई पनि खल्लो हुन्छ। धरानको पब्लिक उच्चमाविको मैदानमा टुवोर्ग स्टेज ‘लेट्स गेट लाउड’ कन्सर्ट मा धरान तथा पूर्वेली दर्शकहरु उर्लिदा १९७४ एडि, सविन राई, निमा रुम्बा, रविन एण्ड द न्यु रेभुलेसन र अभय एण्ड दि स्टिम इन्जीनस पूर्वेली संगीत क्रेजीसामू झुके।

नेपालगञ्ज, बुटबल, र नारायणघाटबासीलाई ‘लेट्स गेट लाउड’ मा झुमाएका संगीतकर्मीहरुले धरान तथा पूर्वेली दर्शकहरुलाई पनि पूर्ण मनोरञ्जन दिए। समय भन्दा अगावै कार्यक्रम स्थल पुगेका धरानेहरुलाई ‘प्रियसी ओ प्रियसी…’ भन्दै स्टेज चढेका निमा रुम्बाले लगातार ४ वटा गीत पस्किए। वान्समोरसहित उनका मिस क्याटवक, मसग आउँन, हुरी बतास भै..गीतहरु गाए। उनले के स्टेज छाडेका थिए। रविन एण्ड दि न्यु रेभुलेसनले ठिकै छ, जतिमाया लाए पनि, यो हाम्रो देश, चिसो चिसो हावामा गीतहरु गाए। त्यस्तै अभय एण्ड दि स्टिम इन्जुस शून्यतामा, तिम्रो लागि र १९७४ एडिले तिमीलाई पिरतीले, गाउ भरी हल्ला, गुरासै फुल्यो र स्वर्गीय गायक फत्तेमान र तिर्थ बहादुर गन्धर्भको सम्झनामा सम्बोधन तिमीलाई लगायत गीत पस्किए। धराने गायक सविन राईका कोमल त्यो, गुरासको फेद, चपली हाइट, भन्छु लगायतको अन्तिम प्रस्तुतिसँगै कार्यक्रम सकिएको थियो। पब्लिकमा मानवसागर उर्लिएपछि शान्तिसुरक्षामा चुनौति देखिएको थियो। कुनै विवाद बिना शान्तिपूर्वक सम्पन्न कन्सर्टमा करिब १७००० भन्दा बढी दर्शकहरु आएको अनुमान गरिएको छ। कन्सर्टमा धरानलगायत पूर्वको दमक, बिर्तामोड, बिराटनगर, इटहरी लगायत पूर्वका विभिन्न ठाउंबाट दर्शकहरु आएका थिए। धरानमा अहिले सम्मकै धेरै दर्शक आएको यो कन्सर्टले टुवोर्ग स्टेज ‘लेट्स गेट लाउड’ कन्सर्टको अहिले सम्मको रेकर्ड तोडेको छ। आउदो शनिबार पोखरा र असोज १९ गते काठमाडौंको दशरथ रंगशालामा कन्सर्ट आयोजना हुदैछ। टुबोर्ग कन्सर्र्टले नेपालको अहिले सम्मकै ठूलो कन्सर्र्टको रुपमा आफूलाई स्थापित गरेको छ। टुबोर्ग बीयरको आयोजनामा भएको कन्सर्टको स्थानीय म्याजनेग्मेंट सिल्वर इन्टरटेनमेन्टले गरेको थियो। तस्वीरः रोहित राई / सिल्वर इन्टरटेनमेन्ट


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस