एचकेनेपाल डट कम संवाददाता-
गैरआबासिय नेपाली संघ थाईलेन्डको चौथो राष्ट्रिय अधिबेशन आगामी दुई वर्षको लागि नयाँ नेतृत्व छनोट गर्दै ग्लो प्रतुनाम होटेल बैंककमा एक भब्य समारोहका बीच सम्पन्न भएको छ।

अधिबेशनले किंग मोंग्कुट युनिभर्सिटी थाइलेन्डका प्राध्यापक खगेन्द्र राज ढकाल अध्यक्ष रहेको १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। ढकाल उक्त युनिभर्सिटीका अन्तर्राष्ट्रिय मामिला हेर्ने सहायक डीनको रुपमा कार्यरत छन्। त्यस्तै गरि आईसीसी प्रतिनिधिमा एनआरएन थाईलेन्डका पूर्व अध्यक्ष मनोज राना छनोट भएका छन्।

अधिबेशनकोको लागि एनआरएन आईसीसीको तर्फबाट एसिया प्यासिफिक रिजनका उपनिर्देशक किरण प्रताप थापाले प्रदिनिधित्व गरेका थिए। अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले बिदेशमा बस्ने नेपालीहरुले पहिले आफ्नो वैयक्तिक बिकाश गर्न र सक्षम बनिसकेपछि देशको लागि पनि केही गर्न सोच बनाउन आग्रह गरे। त्यस्तै उक्त कर्यक्रमलाई बिशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाली मुलका अमेरिकी युवा नेता दर्शन रौनियारले नेपालमा परिबर्तन चाहिएको र त्यसका लागि सम्पूर्ण गैरआबासिय नेपालीहरुले फेरी नेपाल फर्केर एकपटक देशलाई बर्बादी हुनबाट बचाउन सक्रिय हुनु पर्ने बताए।

उद्घाटन सत्रमा एनआरएन थाइलेन्डका सरक्षक डेभिड खनाल, थाई नेपाली संघका अशोक पण्डित, थाईलेन्डस्थित नेपाली दूताबासका प्रतीनिधिहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने राज कर्माचार्यको साँस्कृतिक टोलीले नेपाली संस्कृति झल्किने प्रस्तुतिहरु थिएका थिए। उद्घाटन सत्र लगत्तै एनआरएन थाईलेन्डको बार्षिक साधारण सभा सम्पन्न भएको थियो। सभामा पूर्वअध्यक्ष मनोज राना, उपाध्क्ष दिलबहादुर थापा, महासचिब सुनिल थापा र कोषाध्यक्ष गोपाल लामाले बिगत दुई बर्षका गतिविधिहरुको बारेमा प्रष्ट पारेका थिए।

साधारण सभाको अन्त्यपछि डेभिड खनाल, मदन बहादुर रेग्मी र अशोक पण्डितको निर्बाचन आयोगले निर्बाचनको प्रक्रिया अगाडि बढाएको थियो। सर्बसम्मतिले ढकाललाई अध्यक्ष मा छनोट गरेपछि त्यहि हलले उपाध्यक्षमा दिल बहादुर थापा, महासचिबमा केदार प्रसाद तिमल्सिना, कोषाध्क्षमा गोपाल लामालाई छनोट गरेको थियो। त्यसै गरी सदस्यहरुमा प्रेम दनाई, पदम गुरुङ, बिबेक लामा, सन्त बहादुर तामांग, दिपेश श्रेष्ठ, सशी अधिकारी, चारु थापा, एमि कर्माचार्य र निता खड्का निर्बाचित भएका छन्।

हाल १३ सदस्यीय उक्त निर्बाचित कार्यसमितिले थाईलेन्डमा रहेका सम्पूर्ण नेपालीहरुका संघ संस्थाहरुलाई समेट्दै समाबेशी ढंगले अगाडि बढ्ने उद्देश्यले केहि पदहरु एक महिनाभित्र पूर्ति गर्ने योजना रहेको निर्बाचित अध्यक्ष ढकालले बताए। निर्बाचित अध्यक्ष ढकाल ले ८० हजार भन्दा ठूलो संख्यामा रहेको नेपाली मूलका नेपालीलाई एनआरएन सबैको साझा हो भन्ने प्रत्याभूति गराउन आफ्नो टिम लागि पर्ने बताए।

राष्ट्रिय अन्तर्रास्ट्रिय स्तरका प्राज्ञिक एंव सामाजिक संघ संस्थामा सक्रिय ढकालले आफ्नो क्षमतालाई एनआरएनको बिकाशमा पनि लगाउने बताए। ढकालका अनुसार थाईलेन्ड एनआरएनको सम्भावना र चुनौतीहरु फरक प्रकृतिका भएकाले समाधानका उपायहरु पनि फरक ढंगले सोच्ने बताए। स्रोतका अनुसार, निर्बाचित कार्यसमितिले ठूलो संख्यामा रहेका नेपाल मूलका तर नेपाली हु भन्ने कागजी प्रमाण नभएका नेपालीहरुको समस्या जटिल भएकोले उक्त समस्यालाई एनआरएन आईसीसीले गम्भिरतापूर्बक लिई आवश्यक नीति तय गर्न आईसीसी एशिया पसिफिक रिजनका सहनिर्देशकसमक्ष अनुरोध गरेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस