तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा, कतार– कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्माले लाखौं नेपाली कामदारहरु कार्यरत कतारमा सरकारी एवं निजी अस्पताल तथा क्लिनिकहरुमा नेपाली चिकित्सकहरुलाई पनि कतार सरकारले सेवा गर्ने अवसर दिने आशा व्यक्त गरेका छन्। tep
मलेसियाको राष्ट्रिय दिवसको उपलक्ष्यमा मलेसियाको राजदूतद्वारा आयोजित कार्यक्रममा कतारको दैनिक अंग्रेजी पत्रिका गल्फ टाइम्ससंग कुरा गर्दै राजदूत डा. शर्माले उक्त आशा व्यक्त गरेकी हुन्। कतारमा निजी क्लिनिकमा जम्मा दुईजना मात्र नेपाली चिकित्सकहरु काम गरिरहेका र कतारको वैदेशिक रोजगारमा अझ बढिरहेको लाखौं नेपाली कामदारहरु, जसलाई उपचारको खाँचो छ उनीहरुका लागि दुईजना चिकित्सकहरु पर्याप्त नहुने हुनाले थप नेपाली चिकित्सकहरुलाई काम गर्न कतार सरकारले अवसर दिएमा नेपाली कामदारहरुले आफ्नो रोग नेपाली भाषाबाट चिकित्सकलाई खुलेर बताउन सक्ने थिए। नेपाली कामदारहरुले भाषागत कठिनाईले गर्दा आफ्नो रोगको वारे चिकित्सकलाई खुलेर बताउन नसक्दा खास रोगको पहिचान हुन नसक्ने र उपचार कठिन हुने राजदूत डा. शर्माले बताइन्। नेपाली कामदारहरुले हिन्दी बोल्न सकेपनि आफ्नै भाषामा अभिव्यक्त गर्दा मौलिकता आउने हुनाले नेपाली चिकित्सकहरुको खाँचो रहेको राजदूत डा. शर्माको भनाई थियो।

नेपाली कामदारहरु उच्च तापक्रममा काम गर्नु परेको अवस्थाको कुरा गर्दै राजदूत डा.शर्माले नेपालीहरुको यहाँको मौसमसंग तालमेल नमिलेर गम्भीर रोगहरु लाग्ने, हृदयघात् जस्तो घातक विरामी हुने तथा अन्य रोगहरुले नेपालीहरु विरामी हुने गरेकाछन्। उच्च तापक्रम हुने महिनामा नेपालीहरु निकै धेरै विरामी हुने गरेकाछन् भने हृदयघातबाट पनि सोही महिनामा धेरै नेपालीहरुको असामयिक निधन भएको र उच्च गर्मी हुने महिनामा दिउसो ११ बजेदेखि ३ बजेसम्म कामदारहरुलाई आराम गर्नुपर्ने कतार सरकारको आदेश भएपनि कतिपय कम्पनीहरुले सो पालना नगरी आराम गर्ने त्यो समयमा समेत कामदारहरुलाई काममा लगाएको भेटिएको कुरा गल्फ टाइम्सलाई बताएकी छन्।

नेपाली कामदारहरु विभिन्न समस्या लिएर नेपाली राजदूतावासमा दैनिकजसो आउने गरेका र विरामी कामदारहरु समेत आउने गरेको बताउदै नेपाली चिकित्सकहरु यँहा भएको खण्डमा ठूलो संख्यामा रहेका नेपाली कामदारहरुले भाषागत सहजताको कारण आफ्नो रोगको वारेमा नेपाली चिकित्सकलाई धक फुकाएर जानकारी दिन सक्ने थिए र खास रोगको खासउपचार सोही अनुसार हुन्थ्यो राजदूत डा. शर्माको अपेक्षा थियो।

गल्फ टाइम्ससंग कुरा गर्दै नेपालमा चिकित्सक, नर्स, स्वास्थ्य सहायक लगायत तालिमप्राप्त स्वास्थ्य कार्यकर्ताहरु छन् र उनीहरुको वैदेशिक रोजगारको रोजाई विशेष गरी कतार भएकोले कतारमा यस्ता दक्ष जनशक्तिहरुलाई रोजगारको अवसर मिल्न सक्ने आशा राख्दै यो क्षेत्र लगायत इन्जिनियर, एकाउन्टेन्ट, शिक्षक शिक्षिका र अन्य सम्बन्धित क्षेत्रमा दक्षता हासिल गरेका र अंग्रेजी भाषामा दखल नेपालीहरुले समेत कतारमा रोजगार पाउने कुरामा आफू विश्वस्त रहेको राजदुत डा.शर्माले बताएकी छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस