एचकेनेपाल डट कम संवाददाता-
हङकङ, दुवै मृगौलाले काम गर्न छाडेका तनहूँ जिल्ला रुपाकोट गाबिस वडा नं. ९ कुन्छा सिमलचौर र हाल हङकङमा रहेका हर्कबहादुर गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

तनहूँ समाज हंगकंगको पहलमा संकलित ५२ हजार ७ सय १७ हङकङ डलर शनिवार एक कार्यक्रमबीच प्रदान गरिएको हो। तनहूँ समाज हङकङका अध्यक्ष भिमराज गुरुङले समाजका साधारण सदस्य पीडित गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन्। अध्यक्ष गुरुङले हङकङमा बसोबास गर्ने तनहूँबासीहरुबीच भावनात्मक सम्बन्धको बिकाश गर्ने र सम्पूर्ण तनहुँबासीको सुख दुखमा संगसंगै हातेमालो गर्ने उद्देश्यले समाज स्थापना भएकोले जो कोही तनहूँबासीलाई पर्ने दुखमा सहयोग गर्न तनहूँ समाज हङकङ पछि नपर्ने दृढता ब्यक्त गरे। समाजका सचिब सुबित गुरुङले संचालन गरेको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जंगबहादुर थापाले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस