सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, पूर्वको सुन्दर एवम् पर्यटकीय शहरको रुपमा परिचित धरानमा पछिल्लो समयमा चलचित्र निर्माताहरुको आँखा पर्न थालेको छ। धरान मुख्य चौकमा रहेका घण्टाघर, एसियाकै उत्कृष्ट मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर, बुढासुब्बा, दन्तकाली तथा पिण्डेश्वर मन्दिरलगायतका क्षेत्रमा अहिले नेपाली चलचित्रहरु छायाँकन स्थल हुन थालेका छन्।

धरानलाई पर्यटकीय नगरी भनिए पनि पर्यटन व्यवसायी तथा पर्यटन वोर्डले केही गर्न नसकिरहेको अवस्थामा चलचित्र निर्माताहरु यस क्षेत्रमा चलचित्रहरु छायांकन गर्न थालेपछि यो क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने भएको छ। धरान र आसपासका सुन्दर दृश्यसगै विदेश मा छांयाकन गरिने भनिएका लोकेसन पनि धरानमा पाएपछि चलचित्र निर्माणकर्ताहरुले धरानलाई रोज्ने गरेका छन्। यसैको उदाहरण बनेको छ धरानमा छांयाकन भइरेको नेपाली चलचित्र नोभेम्बर रेन। जुन चलचित्रका केही सिनहरु विदेशमा खिच्नु भए पनि आफूले खोजे अनुसारको लोकेशन धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाएकोले सोही स्थानमा छायाँकन गरिहेको चलचित्रका निर्देशक दिनेश राउतले बताए। चलचित्रको लोकेशन हेर्न आउदा ३० प्रतिशत धरानमा छायाकंन गर्ने सोच बनाएर आएको भए पनि लोकेशन हेरे पछि ८० प्रतिशत भन्दा वढि धरानमै छायाकंन गर्ने निधो गरेको उनको भनाई।
धरानको धार्मिक पर्यटकीय स्थल विजयपुरको बुढासुब्बाबाट छायाँन प्रारम्भ गरिएको ‘नोभेम्बर रेन’ का नायक आर्यन सिग्देलले धरान आफूले सोचे भन्दा पनि सुन्दर रहेको वताउदै नेपाली चलचित्रहरु छायाकनको लागि धरान उपयुक्त गन्तव्य रहेको वताए। यस फिल्मका निर्माता समेत रहेका सिग्देलले चलचित्रको माध्यमबाट पर्यटकीय विकासको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले वीपी प्रतिष्ठान हाताभित्र अस्पतालसगै सुन्दर पार्कहरु रहेको तथा सो स्थानमा छिरेपछि कुनै विदेशमा गए भैm लाग्ने गरेको वताए। उनले सो क्षेत्रमा देश बाहिर गरिने भनिएका सिनहरु पनि खिच्न सकिने जानकारी दिए। नेपाल चलचित्रहरुको छायाँकन काठमाडौमा समिति हुन नहुने बताउदै उनले मोफसलमा रहेको सुन्दर स्थानहरुमा समेत हुन पर्नेमा जोड दिए। पूर्वी नेपालको धरान र आपपास क्षेत्र चलचित्र निमाणर््ाको लागि उपयुक्त रहको उनको धारण रहेको छ।

त्यसो त धरानमा छायांकन हुने नोभेम्बर रेन मात्र पहिलो चलचित्र होइन यस अघि पनि थुप्रै चलचित्रहरु छायकंन भएका छन्। तर यो मात्र यस्तो चलचित्र हो जुन धरानमा नै मुर्हत गरेर यहा नै ७० प्रतिशत छायाकन हुदै छ। यसअघि मंजरी, माझी दाई, म तिम्रो भइसके लगायतका ठूलो पर्दाका चलचित्र धरानमा छायाकंन भइसकेका छन् । तर ती चलचित्रहरुमा धरानमा एक दुइ दिन केही नगन्य सिनमात्र धरानमा गरेका थिए। धरानमा चलचित्र छायाकंनमा सबैवाट सहयोग पाएको र सोचे अनुसारको काम भइरकोले पनि यो चलचित्र निमार्ण टिम धरानप्रति निकै सकारात्मक देखिएको छ। चलचित्रहरु छायाकंन हुने क्रम बढ्दै जाने हो भने धरानको पर्यटन विकासमा ठूलो टेवा पुग्ने पूर्वाञ्चल पर्यटन परिषदका उपाध्यक्ष महेन्द्र प्रधान को भनाई छ । चलचित्रको माध्ययम वाट प्रचार प्रसारमा सहयोग पुग्ने भएको ले यो क्षेत्रमा पर्यटक हरुको आगवनमा वृद्धि हुने उनको तर्क छ । कुनै चलचित्र धरानमा लामो समय सम्म रहेर छायाकंन गर्दा समेत धरानमा आर्थिक वृद्धि हुने गरेको छ । एउटा चलचित्र युनिट ले एक दिनमा न्युनतम ५० हजारसम्म खर्च गर्ने गरेको छ । आर्थिक , पर्यटन सगै धराने कलाकारहरुले समेत मौका पाउने गरेका छन् । कलाकारहरुको खानीको रुपमा परिचित धरानमा रहेका नव कलाकार तथा रंगकर्मीहरुले समेत चलचित्रमा अभिनय गर्ने मौका पाउने गरेका छन्। धरानमा छायाकंन भइरेको चलचित्र नोभेम्बर रेनमा पनि स्थानीय रंगकर्मी अल्पना कर्मचार्य, तथा नव कलाकार सुनिता रिमाललगायतका एक दर्जनले मौका पाएका छन्। चलचित्रले पर्यटन प्रबद्धनसगै समाजिक विकासमा समेत प्रभाव पार्ने गरेको छ। तस्वीरहरुः सन्तोष काफ्ले / एचकेनेपाल डट कम


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस