अनुशील / एचकेनेपाल डट कम –
६ साउनमा मकाउमा हृदयघातबाट मृत्यु भएका बिश्व बहादुर बसौलाको परिवारले थप रु. ५ लाख ७७ हजार २८० सहयोग प्राप्त गरेकाछन्।

मृतक बिश्व बहादुरकी श्रीमती कल्पनालाई रु. ५ लाख ७७ हजार २८० को चेक हस्तान्तरण गर्दै त्रिलोक गुरुङ। तस्वीरः अनुशील / एचकेनेपाल डट कम
लमजुङ घर भई ललितपुरको कुसुन्तिमा रहदै आएका मृतककी श्रीमती कल्पना बसौलालाई उक्त रकम गैरआवासीय नेपाली महासंघ (एनआरएन)का एशिया प्यासीफिक संयोजक त्रिलोक गुरुङले हस्तान्तरण गरेका हुन्। उक्त रकम मध्ये रु. १ लाख ९ हजार गुरुङकै कम्पनी एकता इण्टरनेशनल प्राली र बाँकी रकम बसौला कार्यरत मकाउकै ग्रुप फोर सेक्युरिटीमा कार्यारत कर्मचारीहरुले संकलन गरेका थिए। ५ वर्षअघि रोजगारीका लागि एसकम कम्पनी ललितपुरबाट मकाउ पुगेका पूर्व नेपाली सैनिक बिश्वबहादुरका परिवारले हालसम्म रु. १७ लाख बराबरको आर्थिक सहयोग प्राप्त गरिसकेकाछन्। उनकी श्रीमती कल्पनाका अनुसार श्रीमान कार्यारत कम्पनी जीफोर एस, एनआरएन, बैदेशकि रोजगार विभाग तथा मकाउमा कार्यरत अन्य नेपालीहबाट सहयोग उपलब्ध भएको हो। प्राप्त भएको रकम बैंकमा जम्मागरी १४ र ११ वर्षका छोरी विकीना र छोरा विपीनको शिक्षा तथा पालन पोषणमा खर्च गर्ने उनले बताईन्। मृतकका परिवारलाई रकम हस्तान्तरण गरेपछि एनआरएन एशिया प्यासीफिक संयोजक त्रिलोक गुरुङले आफूले विगत १० वर्षदेखि मकाउमा ब्यवसाय गरिरहेको र मानवताको नाताले मृतकका परिवारका लागि सहयोग जुटाएको बताए।

छोराछोरीका साथमा कल्पना बिसौला।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

Nishani
Nishani
After School Chinese Classes  Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes Caritas Tuen Mun Marden Foundation Secondary School.
After School Chinese Classes | Caritas Tuen Mun Marden Foundation Secondary School.

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस