दधिराज घिमिरे / एचकेनेपाल डट कम –
बेलायत, गैरआवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशन संघका उपाध्यक्ष महेन्द्र कंडेलको अध्यक्षतामा भब्यताका साथ सम्पन्न भएको छ। लण्डनको पल्मस्ट्रीटमा लगभग पन्ध्र सयभन्दा बढी सदस्यहरुको उपस्थितीमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि नागरिक समाज बेलायतका अध्यक्ष डा. चन्द्र लक्जम्वाले उद्घाटन गर्नु भएको थियो। कार्यक्रमका बिशेष अतिथि डा. सम्पूर्णानन्द ढुगांना, शोभा कटेल शिवजी श्रेष्ठ, केशव श्रेष्ठ रहनु भएको थियो।

प्रमुख अतिथीको तर्फबाट बोल्दै प्रमुख अतिथि चन्द्र लक्जम्वाले एनआरएन यूकेमा बिगतदेखि बिसंगति र केही ब्यक्तिको संस्था बनाईएकोले अहिलेको अवस्था आएको हो भन्नु भयो। पटक पटकको आग्रह र प्रयास गर्दा पनि एनआरएन यूकेमा एकता हुन नसकेको बिषयलाई प्रष्ट पार्नु भएको थियो। यो प्रयास अझै पनि जारी रहने बताउनु भयो। त्यस्तै गैरआवासीय नेपाली संघ, बेलायतको पाचौं अधिवेशनलाई संबोधन गर्दै कार्यक्रमका सभापति महेन्द्र कंडेलले आफूले बिगतका दुई कार्यकालमा उपाध्यक्षको पदमा रही बेलायतको समाजलाई एकताबद्ध बनाएर लैजानको लागि पटक पटक पदको नभई बिधीको बिकास प्रयत्न गरेको तर केही समाजका अगुवा भन्नेहरु बहुमतको नाममा पेलेर लैजाने र सधंै आप्mनै बर्गको हालीमुहाली होस् भन्ने चाहाना रहेकोले गैरआवासीय नेपाली संघ, बेलायतमा समस्या आएको बताउनु भयो। अलपर्टनमा एनआरएन यूकेलाई बिभाजित गर्नुभएका साथीहरुले कुनै अमुक ब्यक्ति र समाजलाई स्वीकार्न नसेकोले पनि एकताको बाधक भएको हो भन्नुभयो। आगामी दिनमा सबैको साझा एनआरएन बनाउनेमा आप्mनो ध्यान केन्द्रित हुने बताउनु भयो।

कार्यक्रममा साठी भन्दा बढी संघ सस्थाको प्रतिनिधी उपस्थिती रहेको थियो। संघ सस्थाका प्रतिनिधीहरुले शुभकामना मन्तब्यमा गैरआवासीय नेपाली संघ, बेलायत बिगतदेखिनै हुने खानेको क्लव र हैकम बन्न गएकोमा सबैको साझा बनाउनु पर्नेमा ध्यान दिनु पर्ने बताएका थिए। गैरआवासीय नेपाली संघले आप्mनो स्थापानाकालमा जे बिचार लिएर स्थापना गरेको त्यसतर्फ भन्दा पनि केही ब्यक्तिको गोल चक्करमा घुमाएकोले आजको परिस्थितीको सृजना भएको हो भन्नु भयो। यो संस्था सबैको साझा हुन सकेन अवको कार्य समितिले बिधी र बिधानलाई सच्याउदै सबैको साझा एनआरएन भन्ने नारालाई साकार बनाओस् भन्ने शुभकामना दिनु भएको थियो। कार्यक्रम गैरआवासीय नेपाली संघ, बेलायतको इतिहासमानै भब्य र शानदार भएकोमा खुसि ब्यक्त गर्नु भएको थियो।

शुभकामना मन्तब्य दिनेहरुमा देबीमाया पुन केन्द्रिय सदस्य गेसो यूके, चित्र बहादुर गुरुङ तमु समाज यूके, संघीय समाजबादीका पार्टीका किरण राई, एन डि एफका प्रतिनिधी कैलाश नेपाल, पिएनएस ए कृष्ण लामिछाने, बिज्ञान प्रसाई नेपाली जनसम्पर्क समिती, केन्द्रिय बिभाग सदस्य, रण बहादुर केसी अध्यक्ष पिएनएस यूके, हर्क बहादुर थापा सभापति बृटिस गोर्खा प्रोजेक्ट, जङ्ग सनुवार अध्यक्ष किंरात सुनुवार सेवा समाज, बुद्धिराम थापा ग्रिनवीच गोर्खा समाज, बिनोद मोक्तान, पूर्व सभापति नेपाली जनसम्पर्क समिती, कुमार श्रेष्ठ, दिपक श्रेष्ठ पास पुच बेलायत, सुभास सिंह गुरुङ पूर्व अध्यक्ष तमु समाज यूके, श्याम शेरचन उपाध्यक्ष नेपाल फोरम आफ गृनवीच, गंगा राना एनबिसी यूके, धन बहादुर थापा अध्यक्ष मगर समाज पल्मस्ट्रीट, अनिल लामिछाने, कोडाक यूके, क्या. नारायण गुरुङ क्षेत्रिय अध्यक्ष गुरुङ समाज पल्मस्ट्रीट, बुद्धिराम थापा अध्यक्ष ग्रिनवीच गोर्खा वेलफेर एशोसियन, भोजप्रसाद गुरुङ सभापति नेपाल राष्ट्रिय जनजाति महासंघ, कर्मा छिरीङ शेर्पा उपाध्यक्ष शेर्पा समाज यूके, डा. गोपाल पौडेल बरिष्ठ उपाध्यक्ष मातृभूमिका लागि यूवा अभियान, सुरेशजङ्ग शाह अध्यक्ष संघ सस्था महासंघ, सुरेश केसी अध्यक्ष सरर्टन समाज, जीवन श्रेष्ठ उपसचिव बृटेन नेपाल सिमिक फरोम, भावाना परिष्कृत सुनुवार सचिव आदिवासी जनजाति महिला संघ, खगेन्द्र पाठक अध्यक्ष बिश्व हिन्दु महासंघ श्रीमती तारा पौडेल अध्यक्ष नेपालीज ओमेन हेल्पिगं हेण्ड, उमेश मोक्तान अध्यक्ष यति नेपाल यसोसियन यूके, महासचिव सशीधर नेपाल, अर्काराज तिमिल्सीना, अध्यक्ष हाइील स्कील माईग्रेसन, यूके, बिनोद ज्ञवाली बरिष्ठ उपाध्यक्ष गुल्मि समाज यूके, मिन रानाभाट पूर्व सभापति बिद्यार्थी यूनियान लण्डन, दुर्गा शेरचन थकाली समाज यूके, रत्न बहादुर गुरुङ खैरेनी सेरोफेरो, होम शर्मा सभापति पशुपति मन्दिर लण्डन, सहदेव गिरी झापाली समाज यूके, राज सिटौंला प्रतिनिधी मेन्चेष्टर नेपाली समाज, कुमार थापा अध्यक्ष जमघट परिवार , पिटर्स बोरो नेपाली समाजका प्रतिनिधी, कोडेक अध्यक्ष बिष्णु वाग्ले महासचिव शकंर दाहाल, बिश्व हिन्दु महासघं पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, तेज राई अध्यक्ष खम्मातिम बेलायत, डम्वर बहादुर लिम्बु अध्यक्ष लिम्बु समाज साउथ ईष्ट बेलायत, दिल गुरुङ यूके पूर्ब सभासद शोभा कट्टेल, नेपाल बडिबिल्डिङ्ग यसोसियसन, राप्रपा नेपालका रोशन सापकोटा लेवर पार्टी यूकेबाट नरेन्द्र कंडेल एनबिसी यूके अध्यक्ष गंगा राना महासचिव समिर प्याकुरेलm सदस्य लेखनाथ घिमिरे, कुल अर्याल रहनु भएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुमा नेबिसघं, यूकेका महासचिव उमेश भण्डारी, केन्द्रिय सदस्य कुश बस्नेत, नेबिसंघका पूर्व केन्द्रिय सदस्य यूवराज सिंह, पल्मस्टिट नेपाली समाजको प्रतिनिधी, सास्कृतिक केन्द्रका सचिव राज कटुवल, मगर समाज साउथ ईष्ट यूके, तमुधी समाज साउथ ईष्ट यूके, थकाली समाज साउथ ईष्ट यूके, क्षेत्रि समाज साउथ ईष्ट यूके, का प्रतिनिधी, साहित्य बिकाश परिषदका पुर्व सह अध्यक्ष होप परिवार को उपस्थिती रहेको थियो ।
बिनय अधिकारी केपिएस कन्सल्टेन्सी, काशी शर्मा, शान्ति समाज नेपालm कृष्ण ढकाल, ठाकुर ज्ञावाली यूके बर्गिगंम समाज, पदम थकाली मेरो अचंल गाउले, उापस्थित अतिथीहरुलाई निरुष पाण्डे र तारा पौडेलले खाता तथा ब्याच लगाएर स्वागत गर्नु भएको थियो। बिभिन्न संघ सस्थाका प्रतिनिधीहरुलाई अतिथिकोरुपपमा आसन ग्रहण गराईएको थियो। खुला सत्रलाई बिनोद ज्ञावालीले उपस्थित सदस्य तथा अतिथीहरुलाई स्वागत गर्नु भएको थियो भने संचालन राजकुमार त्रिपाठीले गर्नु भएको थियो।

खुलासत्रको समापनपछि बन्द सत्रलाई निर्वाचन मण्डलले संचालन गरेको थियो निर्वाचन मण्डलका अध्यक्ष डा. पुरुषेतम पौडेलको अध्यक्षमा सुरु भएको थियो। बिधान मस्यौदालाई बिधान मस्यौदा समितीका संयोजक चण्डी राईले बिधान प्रस्तुत गर्नु भएको थियो। बिधानलाई हलबाट सुझावहरु संकलन गरिएको थियो। सुझावलाई समेटी बिधान कार्यान्वन्यन गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो। सोही कार्यक्रममा संगठनको प्रतिवेदन निर्माण समितीका संयोजक राजकुमार त्रिपाठीले लण्डन घोषणा पत्र २०१३ लाई प्रस्तुत गर्नु भएको थियो। १९ बुदांमा रहेको घोषणा पत्रमा हलबाट दुई बुदां थपि २१ बुदां रहेको छ । घोषणा पत्र प्रस्तुत हुदां सम्पूर्ण हलनै तालीले गुञ्जयमान गरी पास गरेको थियो। निर्वाचन मण्डलले गत १७ अगष्टबाट सुरु भएको निर्वाचनको कार्यक्रम अनुसार सम्पूर्ण पदमा र्निबिरोध निवार्चन भएको घोषणा गरेको थियो। आगामी कार्यकालको लागि गैरआवासीय नेपाली संघ, बेलायतमा निम्न सदस्यहरु निर्वाचित भएको घोषणा निर्वाचन आयोगले गरेको थियो। अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्यहरु बिज्ञान प्रसाई, कर्ण शाही, कैलाश नेपाल, बिनोद ज्ञावाली, तेज राई रहनु भएको छ।

राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेन्द्र कंडेल, बरिष्ठ उपाध्यक्ष सूर्य नेम्वाङ्ग, उपाध्यक्ष हिराधन राई, संयोजक राजकुमार त्रिपाठी, सहसंयोजक डम्वर लिम्वू, कोषाध्यक्ष ठाकुर शर्मा, सदस्यहरु तिलकुमारी ल्म्विु (कल्पना आङ्गवुग) धर्म तामङ्ग, योगेश राई, मिन बहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ, बुद्धिराम थापा मगर, ललित न्यौपाने निर्वाचित हुनुभएको छ।

एनआरएन आईसिसिका सदस्य राजेन्द्र कंडेलले बिगतमा पनि आफू एनआरएन यूकेलाई एकताबद्ध बनाएर लैजान हरतरहले कोसिश गरेको अवको दिनमा पनि बेलायतको समाजलाई एकता बनाई राख्ने भूमिकामा आफू लागी रहने प्रतिबद्धता जाहेर गर्नुभयो। आफू एनआरएन यूकेको कार्यकारी पदमा नरहे पनि आप्mनो सहयोग रहने छ भन्नु भयो।

निर्वाचन आयोगका संयोजक डा. पुरुषेतम पौडेलले पद तथा गोपिनियताको सपथ खुवाउनु भएको थियो। कार्य समितीको तर्फबाट प्रबिद्धता जाहेर गर्दै नवनिर्वाचत बरिष्ठ उपाध्यक्ष सूर्य नेवाङ्गले आगामी कार्यकालमा सबैको साझा हुने प्रतिवद्धता जनाउनु भएको थियो। साथै उहाले आमुक ब्यक्ति र संस्थालाई निषेध गर्ने ब्यक्ति वा संस्था बेलायतबाट हराएर जाने र जनजाति तथा कुनै पनि बिचार लिएकै आधारमा निषेध गर्ने बिगतको एनआरएन बेलायतको कडा बिरोध समेत गर्नु भयो। नव निर्वाचित आईसिसि सदस्य कर्ण शाहीले बेलायतले चलाएको सबैको साझा एनआरएनको धारणालाई अव बेलायतमा मात्र नभएर बिश्वब्यापी बनाउनु पर्दछ यदि निर्वाचित हुने र चुप लागेर बस्ने हो भने बिगतको एनआरएन बेलायतको कमिटी भन्दा केहि फरक नहुने बताउनु भयो। नव निर्वाचित सदस्यहरुलाई बधाई बिशेष अतिथि डां सम्पूर्णानन्द डुगांनाले गर्नु भएको थियो। निर्वाचन कमिटीको कार्यक्रम संचालन बिपिन निरौलाले गर्नु भएको थियो। निर्वाचन कमिटीका सचिव पूर्ण लक्जम्वासहित अन्य सदस्यहरुको उपस्थितीमा एनआरएन यूकेको नयां कार्यकारी समितीलाई स्वागत गरिएको थियो।

कार्यक्रममा बिविध सांस्कृतिक कार्यक्रम भएको थियो। कलाकारहरुलाई रितुषा पाण्डेले संयोजन गर्नु भएको थियो। कार्यक्रमलाई नेपाल तथा बिश्वमा सिधै प्रसारणको ब्यवस्था पनि गरीएको थियो। बेलायतबासीहरुले यति धेरै उपस्थित भएर एनआरएनको कुनै पनि कार्यक्रम यो भन्दा अगाडि कहिलै नदेखेको बताएका थिए।

गैरआवासीय नेपाली संघ युकेको पाँचौँ अधिवेशन
लण्डन घोषणापत्र ( २०१३
आज मिति १५ सेप्टेम्बर २०१३ का दिन बसेको गैरआवासीय नेपालीहरुको पाँचौँ राष्ट्रियअधिवेशनले विगत १० वर्षदेखि नेतृत्वमा रही आन्दोलनरत गैर आवासीय नेपाली संघले गैरआवासीय नेपालीहरुको मागलाई पूर्ण रुपले स्पष्ट वैचारिक धारणाका साथ सबैलाई सहभागी गर्ननसकेको ठहर गर्दै गैर आवासीय नेपाली संघ बेलायतको आजको अधिवेशनमा उपस्थित सम्पूर्णसदस्यहरुको छलफल, सुझाव समेतलाई मध्यनजर राख्दै निम्नलिखित घोषणा प्रतिबद्धताकासाथ जाहेर गर्दछौँ।

१। गैर आवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण गैर आवासीय नेपालीहरुको प्रतिनिधित्व गराउनगैर आवासीय नेपाली संघलाई आजैदेखि काउन्सिलको अवधारणामा परिणत गर्ने निर्णय गर्दछ।

२। पूर्व ब्रिटिस गोर्खाहरुको समान हक र अधिकारको आन्दोलनलाई पूर्ण गराउन सदैव साथमारही सहकार्य र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ।

३। एक पटकको नेपाली सधैँको नेपाली हुन पाउनुपर्ने मागको लागि विगतदेखिको गैर आवासीयनेपालीहरुले संघमार्फत् गरेको माग र आन्दोलनलाई नेपालको आउँदो संविधानसभामा प्रवेश गराईपूर्ण गर्न आन्दोलनरत रहने प्रतिवद्धता जाहेर गर्दछौँ।

४। एनआरएनमार्फत् नेपालमा रहेका विभिन्न आयोजनाहरुमा लगानी गर्न आहृवान गर्दै लगानीगरेको रकमलाई सदैव सुरक्षित राख्न नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत् उक्तलगानीको रकम बोण्ड वा शेयरको रुपमा लिइदिन आहृवान गर्दछौँ।

५। बेलायतस्थित नेपालीहरुलाई सक्दो निःशुल्क काुनी सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्दछ।

६। कला, भाषा, संस्कृतिलाई बचाउन विभिन्न कार्यहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ।

७। बेलायतभित्र रहेका विद्यार्थीहरुको समस्यालाई सक्दो सहयोग गरी हल गर्ने प्रतिवद्धता जाहेरगर्दछौँ।

८। विदेशमा रहेका गैर आवासीय नेपालीहरुले नेपालको राष्ट्रिय महानिर्वाचनमा मतदान गर्न पाउनेअधिकारलाई सुरक्षित गरी व्यवस्थित गरिदिन नेपाल सरकार र नेपालको केन्द्रीय निर्वाचनआयोगसँग माग गर्ने र निरन्तर यस प्राप्तिको लागि आन्दोलनरत् रहने प्रतिवद्धता व्यक्त गर्दछ।

९। बेलायतस्थित गैर आवासीय नेपालीहरु यदि कतै यहाँको राजनीतिक पार्टीको सदस्य भईनिरन्तर काम गरी कुनै निर्वाचनमार्फत् विभिन्न निकायमा प्रतिनिधित्व गर्न कोसिस गरिरहेकाभए एनआरएनको सम्बन्धित काउन्सिलमार्फत् निजहरुलाई विजय गराउन सक्दो कोसिस गर्नेप्रतिवद्धता जाहेर गर्दछ।

१०। विदेशमा बस्ने गैर आवासीय नेपाली विज्ञहरुको खोज गरी सम्बन्धित विषयमा ज्ञान, विधिस्थानान्तरण गरी नेपाल राज्यलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ।

११। यहाँस्थित गैर आवासीय नेपालीहरु यदि कतै दुःख भोगिरहेका छन् भने परिस्थिति अन्वेषणगरी सक्दो सहयोग गर्न मानव कल्याणकारी र लोक कल्याणकारी कार्यहरु निरन्तर गर्ने प्रतिवद्धताव्यक्त गर्दछ।

१३। गैर आवासीय नेपाली संघलाई काउन्सिलको अवधारणमा परिणत गर्दा यहाँस्थित सम्पूर्णसंघ, संस्था, आदिवासी, जनजाति, राजनीतिक संस्था, महिला, दलित, सर्वसाधारण सबैकोसहभागिता हुने ठहर गर्दै क्षेत्रीय रुपमा आएका समस्याहरुलाई सम्बन्धित षेत्रका काउन्सिललेकेन्द्रको सहयोगमा हल गर्ने र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ।

१४। गैर आवासीय नेपाली संघलाई काउन्सिलको अवधारणामा परिणत गर्दा इंगल्याण्ड,स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डबाट काउन्सिलमा विशेष सदस्यको रुपमा प्रतिनिधित्वगराइने प्रतिवद्धता व्यक्त गर्दछ।

१५। बेलायतभित्र करिब ५०% महिलाहरु गैर आवासीय नेपाली भएको हुँदा महिलाहरुको तर्फबाटविशेष प्रतिनिधित्व काउन्सिलमा गराइने प्रतिवद्धता जाहेर गर्दछ।

१६। विभिन्न पत्रपत्रिका र छापाहरुमा आएको एनआरएनए बेलायतको द्धतज धयचपष्लन अयmष्तभभमा व्यापक आर्थिक हिनामिना भएको समाचारतर्फ ध्यानाकर्षण भएको र सम्पूर्ण आर्थिकक्रियाकलाप पारदर्शी बनाउन र एनआरएनएमा विगतमा सम्पूर्ण सदस्यहरुले सक्दो रकम मानवकल्याणकारी र लोक कल्याणकारी कार्यको लागि सहयोग गरेकोले ती पूर्व हिसाबकिताब माग्नेअधिकार सदैव भएको ठहर गर्दै नागरिक समाजलाई हिसाबकिताब खोज गरिदिन आहृवान गर्दछ।

१७। नेपालको पारदर्शिता, प्रजातन्त्र, मानव अधिकार प्रवर्द्धनको लागि गहिरो प्रतिवद्धता जाहेरगर्दछ।

१८। नेपाल राज्यको आउँदो संविधानसभाबाट नेपाल राज्यको लागि भविष्यमा संघीयलोकतान्त्रिक संविधान बनाउन नमिलेका विषयहरुमा समानता ल्याउन र विदेशकासंविधानसभाबाट बनाइएका नजिरहरुलाई समेत अध्ययन गरी नेपालको संविधानसभालाई गैरआवासीय नेपालीहरुको तर्फबाट सुझाव दिन यहाँस्थित बौद्धिक र अधिवक्ताहरुको एक आयोगबनाई एक विशेष सुझाव रिपोर्ट नेपालको आउँदो संविधानसभालाई प्रदान गराइनेछ।
१९। सदस्यता सुल्क र उमेद्धारी सुल्क घटाई बिगत बिषेस अधिवेसनले दिएको निर्देशनलाई शिर्योधार्य गर्ने प्रतिवद्धता गर्दछ ।
२०। काउन्सिलको अवधारणालाई ब्यवस्थित गर्न गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं कार्य समितीलाई निर्णय गर्ने पुर्ण अधिकार प्रदान गरेको छ।
२१। आज उपस्थित भई गैर आवासीय नेपाली संघ युकेको पाँचौँ अधिवेशनमा भाग लिई छलफलगरी सल्लाह सुझाव दिनुहुने र उपस्थित हुनु हुने सम्पूर्ण अतिथि एवम् संघसंस्थाका प्रतिनिधिलाईहार्दिक धन्यवाद व्यक्त गर्दछ।

गैर आवासीय नेपाली संघ
पाँचौँ अधिवेशन
पाँचौँ कार्यकारी समिति
महेन्द्र कँडेल
अध्यक्ष

राजकुमार त्रिपाठी
संयोजक

गैर आवासीय नेपाली संघ

पाँचौँ अधिवेशन
पाँचौँ कार्यकारी समिति
लण्डन घोषणापत्र २०१३

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस