सुदिप थोप्रा लिम्बू / एचकेनेपाल डट कम-
किरात याक्थुङ चुम्लुङ युके आशफोर्ड शाखाले शनिवार लिम्बुवानको किपटप्रथाको इतिहासमा आधारित नेपाली कथानक चलचित्र “ चेसुङ “ अर्थात् कोशेली स्थानीय साइमन हलमा भब्यताका साथ प्रदर्शन गरेको छ।

बेलायतवासी लिम्बू साथै गैर लिम्बूहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन शाखाका सचिब काजी साम्यु लिम्बूले गरेका थिए। स्मरण रहोस किरात याक्थुङ माङ्गेना चुम्लुङका ८ जना चेलीहरुद्वारा चेसुङ चलचित्रको निर्माण गरिएको हो। कार्यक्रमको पहिलो चरणमा चेसुङका निर्मात्रीद्वय सुर्य केरुङ, जसलक्षि माबोहाङ र लिम्बू चलचित्र केबा: कोकमाका नायक सबिन तुम्बाहाम्फेलाई शाखाको तर्फबाट सह-सचिब मन माया नेम्बाङ्गले खादा ओडाएर सम्मान प्रदान गरेकी थिइन्। निर्मात्री केरुङले चेसुङ्मा लिम्बुवानको किपटप्रथाको इतिहास साथ साथै लिम्बूवानका लिम्बूहरूको संस्कृति , रहन सहन एबं लिम्बूहरुका भेष-भूषा, भाषा एबं शैली लगायतका कुराहरुलाई छर्लङ्ग देखाउने कोशिश गरिएको प्रष्ट परेकी थिइन्। नेपालको राजनीतिमा लिम्बुवानले निक्कै ठूलो तहल्का मचाई रहेको अहिलेको अवस्थामा लिम्बुवान के हो र यसको एतिहासिक पृष्ठभूमि कस्तो थियो त्यो बुझन् एकपटक गैर लिम्बूहरुले पनि चेसुङ चलचित्र हेर्ने पर्ने हुन्छ। कार्यक्रमको दोस्रो चरणमा बेलायतको व्यस्ततालाई मध्यनजर गरेर आसन र भाषणलाई स्थान नदिइ चलचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रममा गाउँले पसलद्वारा स्वादिष्ट परिकार एबं पेय पदार्थहरुको व्यवस्था गरेको थियो भने डिजे बिसी राईले साउण्ड सिस्टमको बन्दोबोस्त मिलाएका थिए। तस्वीरः सुदिप थोप्रा लिम्बू / एचकेनेपाल डट कम



Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस