दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, ३० भदौ। सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७० बाट एकराज गिरी सम्मानित भएका छन्। सहारा क्लव पोखराले स्थापना गरेको उक्त पुरस्कार क्लबको पन्ध्रौ वार्षिकोत्सव एवं आठौं महाधिवेशनको अवसरमा आइतबार क्लबले गोर्खापत्र दैनिक तथा पोखरा हटलाईन दैनिकका सम्वाददाता गिरीलाई सम्मान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनिका बाहिनिपति डिआईजी नारायण बाबु थापा, समाजसेवी एवम उद्योगपति सूर्यबहादुर केसी, क्लवका अध्यक्ष विक्रम थकालीले सम्मानित पत्रकार गिरीलाई सम्मान–पत्रको साथमा फूलमाला तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्। पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैया रहेको छ।
पत्रकारिताको माध्यमबाट मोफसलको खेलकुदको विकासमा योगदान पु¥याएको भन्दै क्लवले गिरीलाई सम्मान गरेको हो । एक दशक पोखरामा पत्रकारीता गरेक गिरीले हटलाईन दैनिकबाट पत्रकारीतामा शुभारम्भ गरेका हुन्। कार्यक्रममा बोल्दै गिरीले उक्त पुरस्कारले आफूलाई पत्रकारीतामा थप जिम्मेवार थपिएको बताउदै खेलपत्रकारीतालाई विषेश जोड दिने बताए।
पुरस्कार प्रतिभा छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बद्रिविनोद प्रतिकको अध्यक्षतामा बसेको बैठकले गिरीलाई सिफारिस गरेको थियो। कार्यक्रममा बोल्दै संयोजक प्रतिकले एकराज गिरीको व्यक्तित्वको बारेमा तथा छनौटको बारेमा चर्चा गरेका थिए। यसअघि उक्त पुरस्कारबाट पत्रकार कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ्ग, दिनानाथ बराल, प्रदिप पौडेललाई सम्मान भईसकेका छन्। उक्त अवसरमा क्लबको विकासमा योगदान पु¥यानुहुने सदस्यलाई प्रोत्साहान स्वरुप सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७० बाट प्रविन श्रेष्ठलाई सम्मान गरिएको छ। यसअघि शंकर सुवेदी, विश्वराज बराल, रविन श्रेष्ठ, मनोज्र अधिकारी, रोजिना गुरुङ्ग, विनु राना मगर, मिनबहादुर गुरुङ्ग, जयन्द्र लालचन सम्मानित भई सकेका छन्।
उक्त अवसरमा क्लवले कालिका बहुमुखि क्याम्पसलाई ५ थान वल हस्तान्तरण गरेको छ । क्लवका अध्यक्ष विक्रम थकालीले क्याम्पस प्रमुख वलविरसिंह नेगीलाई हस्तान्तरण गरेका हुन । उद्योगपति एवम समाजसेवी सुर्यबहादुर केसी र अरुण चौधरीलाई क्लवले मानार्थ सदस्यता वितरण गरेको छ। क्लवमा आवद्ध सुनिल पुन र अनिसा जोसी गत बर्षको प्रबेसीका परिक्षामा उतीर्ण भएको भन्दै सम्मान गरिएको थियो। क्लवले सहारा युके र सहारा हङकङलाई आधिकारीक रुपमा शाखाको अनुमति प्रमाण पत्र समेत प्रदान गरेको छ। कार्यक्रमका प्रमुख अतिथि डिआईजी थापाले मोफसलमा स्थापित क्लव अन्तर्राष्ट्रिय क्षेत्रसम्म आफ्नो नामसंगै पोखरा र नेपाललाई चिनाउन सफल भएकोमा खुसि व्यक्त गर्दै यस्तो क्लवलाई आफूहरुले समेत सक्दो सहयोग गर्ने वचन दिए।
उद्योगपति सुर्यबहादुर केसीले क्लवले १५ बर्षमा राखेको छविलाई यही रुपमा निरन्त कामय गर्न आग्रह गर्दै क्लबमा सवै एक मन भएर लाग्नाले आफुहरुलाई समेत गर्व लाग्ने गरेको बताए । पुर्व सभासद राजकाजी गुरुङ करणले सहारा क्लब पोखराको पहिचान भएको बताउदै राजनैतिक स्थीरताले आर्थिक सम्बृत्ति हुने हुदा यसमा सवै लाग्न आग्रह गरे।
पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोईरालाले निजि संस्थाको नाफाको केहि रकम यस्तै सामाजिक क्षेत्रमा खर्च गर्न आग्रह गर्दैै निजि क्षेत्रलाई सवैले संरक्षण गर्नुपर्ने बताए। कास्की जिल्ला फुटवल संघका अध्यक्ष गोपी बहादुर भट्टराईले क्लबसंग आफूहरु पनि सहकार्य गरी अघि बढ्ने प्रतिवद्धक्ता व्यक्त गरे। क्लवका अध्यक्ष विक्रम थकालीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा बरिष्ठ उपाध्यक्ष विरभद्र आचार्य, महासचिव केशवबहादुर थापा लगायतले बोलेका थिए।
तस्वीरहरुः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b