एचकेनेपाल डट कम संवाददाता-
दक्षिण कोरिया, २९ भदौ। नेपाली काँग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले एशियाली राजनीतिक दलहरुको संस्था आइक्यापको महिला नेतृत्व र सशक्तिकरण विषयमा दक्षिण कोरियाको राजधानी सिउलमा भइरहेको सम्मेलनलाई सम्वोधन गरेकी छन्।
सम्बोधनका क्रममा नेतृ कोइरालाले नेपालका सबै लोकतान्त्रिक आन्दोलनमा महिलाहरुले पुर्याएको योगदानको चर्चा गरिन्। आइक्यापको महिला समितिको उपाध्यक्ष रहेकी नेतृ कोइरालाले सम्मेलनमा नेपालको राजनीतिक दलहरुको तर्फबाट नेतृत्व समेत गरिरहेकी छन्। सम्मेलनमा सानुरी पार्टीका अध्यक्ष ह्वाङ योयू डेमोक्र्याटिक पार्टीका किम हाङजी लगायतले महिला सशक्तिकरणका विषयमा धारणा राखेका थिए। बंगलादेशका पूर्व राष्ट्रपति इर्शाद, आइक्यापका सहअध्यक्ष जोस डि भ्यानिसियालगायत एशिया अफ्रिका ल्याटिन अमेरिकाका विभिन्न देशबाट आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता रहेको थियो। संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद कोरियन राष्ट्रपति पार्क ज्यून ह्युले भिडियो सन्देश पठाएर सम्मेलन सफलताको कामना गरेका थिए। Photo: ICAPP secretariat, Seoul Korea
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b