Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाली जनप्रगतिशील मञ्च कतारद्वारा प्रशिक्षण तथा अन्तरक्रिया

गणेश वानियाँ / एचकेनेपाल डट कम –
दोहा कतार, नेपाली जनप्रगतिशील मञ्च कतारको सनैया भेग अन्तर्गत २९ नं क्षेत्रमा रहेका पाँचवटा इकाईहरुको संयुक्त प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

गणेश भण्डारीको सञ्चालन र क्षेत्रिय अध्यक्ष झलक पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली जनप्रगतिशील मञ्च कतारका सल्लाहकार प्रमुख होमनाथ शर्मा रहेका थिए भने बिशेष अतिथिहरुमा भेगिय इन्चार्ज तथा नेपाली जनप्रगतिशील मञ्चका केन्द्रिय उपाध्यक्ष मान व. पुन, सल्लाहकारहरु रकमध्वज राई तथा गणेश बानिया रहेका थिए साथै अन्य अतिथिहरुमा साँस्कृतिक बिभागका सदस्य प्रकास परियार, नेपाली जनप्रगतिशील मञ्चका केन्द्रिय सदस्यहरु दिल भट्टराई, ध्रुव रानाभाट, सचिवालय सदस्य चिरन्जीवी भट्टराई रहेका थिए।

नेपाली क्रान्तिमा आफ्नो प्राण आहुती गर्नु हुने महान् शहीदहरुको सम्मानमा एक मिनेट मौनधारण गर्दै सुरु भएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई क्षेत्रिय सल्लाहकार भिमसेन वस्नेतले स्वागत मन्तव्यवाट स्वागत गर्नु भएको थियो।

नेपाली जनप्रगतिशील मञ्चको स्थापना र उद्धेश्यमाथि चर्चा गर्दै कार्यक्रमका प्रमुख अतिथि होमनाथ शर्माले बैदेशिक रोजगारीमा देखिएका ठगी दलालीबिरुद्ध आ आफ्नो ठाँउवाट आवाजहरु बुलन्द गर्न अपिल गर्नु भयो। नेपाली मजदुरहरुको मासिक तलव बृद्धि, बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधानका लागि तथा खाडी क्षेत्रमा कार्यरत मजदुरहरुको हक हितको रक्षाका लागि नेपाली जनप्रगतिशील मञ्च कतारले बिभिन्न समयमा प्रतिवेदन पेश गरेको र उक्त कार्य सफल पार्नका लागि अभियानकै रुपमा कार्यहरु गरेको बताउनु भयो।

नेपाली क्रान्तिको रक्षा तथा बिकाशका लागि प्रवासको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको र सो का लागि मञ्चले आफ्नो क्षेत्रवाट सहयोगहरु गरिरहेको जानकारी दिनु भयो। नेपाली क्रान्तिको इतिहासवारे चर्चा गर्दै क्रान्ति नया ढंगले बिकास भइरहेको र हाल पार्टीभित्र देखिएको अन्तरबिरोध पनि नेपाली क्रान्तिलाई कसरी सम्पन्न गर्ने भन्नेमा नै केन्द्रित रहेको बताउनु भयो।

कार्यक्रममा भेगिय इन्चार्ज तथा केन्द्रिय उपाध्यक्ष मान व. पुन, सल्लाहकार रकमध्वज राइ तथा गणेश वानियाले नेपाली क्रान्तिमा प्रवासी युवाहरुको भूमिका, बर्तमान राजनैतिक परिस्थीति र जनप्रगतिशील मञ्च कतारको काम कर्तव्य र अधिकारका सम्वन्धमा आ आफ्नो भनाईहरु राख्नु भएको थियो।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by