नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, १२ सेप्टेम्बर। चार दिनदेखि लगातार परेको बर्षाको कारण कोलोराडोमा तीनको मृत्यु र सय भन्दा बढि घाईते भएका छन्।
यहांस्थित बोल्डर शहरमा बिहीबार बिहान गएको पहिरोले घर भत्कदा तीन जनाको मृत्यु भएको र ठाउं ठाउंमा आएको बाढीका कारण सय भन्दा बढि घाईते भएको फक्स न्यूजले जनाएको छ। यसरी घाईते हुनेमा बोल्डर, लङमन्ट, लाफेट, कोलोराडो स्प्रिङ, लवल्याड, अरोरा, डेनवर्क लगायतका क्षेत्रका बासिन्दा रहेका छन्। त्यसैगरी, सयौं घर, उद्योग, कल कारखाना बिद्यालय डुवानमा परेका छन्। बोल्डर, लङमन्ट, लाफेटस्थित बिद्यालय तथा कलेजहरु बिहानदेखि नै बन्द थिए। अन्य डेनवर्क अरोरा क्षेत्रमा पनि सञ्चालन भएको केही बेरमै बन्द भएका थिए। ठाउं ठाउंमा सडकहरु बन्द हुंदा काम गर्न जाने र काम बाट घर फर्कनेहरु घण्टौं बिच बाटैमा फसेका छन्। सुख्खाग्रस्त क्षेत्र कोलोराडोमा बर्षा याममा ज्यादै थोरै पानी पर्ने गरेकोमा यस पटक यतिलामो समय पानी परेकोमा सबैले आश्चर्य मानेका छन्। यसैगरी, मौसमबिदहरुले शुक्रबार पनि दिनभरि पानी पर्ने भबिष्यबाणी गरेका छन्। अहिलेसम्म यहांस्थित कोही नेपाली परिवारमा धन जनको क्षति भएको खवर आएको छैन।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b