रमेश खावाजु / एचकेनेपाल डट कम –
दक्षिण कोरिया, नेवा पुचः दक्षिण कोरियाले साफ गेममा म्याराथुनमा गोल्डमेडल तथा नेपालमा अनेकौं कीर्तिमान राख्न सफल भएका भूपू राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई सम्मान गरेको छ।

नेवा पुचःले छुसकको अवसरमा वोल्गोकमा मानन्धर सम्मानित गरेको हो। कोरियामा नेवारी कला संस्कृतिको संरक्षण तथा नेपालमा विभिन्न किर्तिमान राख्न सफल महान धावक बैकुण्ठ मानन्धरलाई सम्मान गर्ने उदेश्यले गरिएको सो कार्यक्रमलाइ ४ चरणमा विभाजित गरिएको थियो। कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बैकुण्ठ मानन्धरले मन्तब्यको क्रममा आफू पहिले कोरियाको दौड प्रतियोगितामा भाग लिन आउंदाको कोरिया त्यति बिकसित राष्ट्र थिएन तर अहिलेको कोरियाको बिकसित रुप देखेर अचम्म लागेको बताउंदै उनले आफ्ना जीबनगाथाहरु नेवारी भाषामा सुनाए। कार्यक्रममा अतिथिहरु जनसम्पर्क समिति कोरियाका पूर्बसभापति गङ्गा थापा श्रेष्ठ, नेपाल कोरिया न्युजका प्रधान सम्पादक पुरु जोशी, चितवन सम्पर्क समिति कोरियाका पूर्व अध्यक्ष राजन श्रेष्ठ, नेवा पुचका सल्लाहकार सानु प्रजापति, नेपाल कोरिया सांकृतिक मंचका अध्यक्ष रमेश श्रेष्ठ तथा भूपू खेलाडी संघ कोरियाका अध्यक्ष रबि महर्जनले आ आफ्नो मन्तब्य ब्यक्त गरे। औपचारिक कार्यक्रमको समापन नेवा पुचः कोरियाका अध्यक्ष नबीन बज्राचार्यले गरेका थिए भने स्वागत मन्तब्य नेवा पुचका सचिब निर्मल महर्जन तथा कार्यक्रम संचालन कृष्ण मुस्यानले गरेका थिए।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि तथा नेपालका महान धावक बैकुण्ठ मानन्धरलाई नेवा पुचका कोरियाका पदाधिकारी तथा सहभागी अतिथिहरुले खादा ओढाई सम्मान गरेका थिए। कार्यक्रममा अध्यक्ष नबिन बज्राचार्यले धावक बैकुण्ठ मानन्धरलाई नगद तथा मायाको चिनो प्रदान गरेका थिए। तेस्रो चरणमा नेवा समय बजि कार्यक्रमको आयोजना गरेका थिए। नेवारी परम्परागत तरिकाले बसेर सबै सहभागीहरुले छोयला ,चिउरा ,अचार, तरकारी, आलु तामा,अण्डा, भटमास ,अदुवा ,लसुन , जाँड सहितको समय बजि मिठो मानी खाएका थिए। दक्षिण कोरियामा आएर पहिलो पटक धेरै नेपालीहरुसंगै बसेर समय बजी खान पाउँदा एकदम खुसि लागेको तथा आफ्नो घरमा बसेर चाडपर्वमा परिवारसंगै समय बजी खाएको जस्तो महसुस गरेको भक्तपुरबाट ४ महिना अघि कोरिया प्रवेश गरेका राजु अवालले बताए। कार्यक्रमको चौथो चरणमा गायन तथा नाचगानका कार्यक्रमहरु गरेका थिए। सो कार्यक्रममा निर्मल महर्जन, पुरु जोशी, अरुण श्रेष्ठ (इपिएस छिन्गु ) ले गीतहरु गाएर सबैलाइ मनोरंजन गराएका थिए। सो कार्यक्रममा सबै सहभागीहरुले राति १२स्३० सम्म सामुहिक नाचगान गरेर निकै मनोरंजन गरेका थिए। नेवा समय बजी तथा बैकुण्ठ मानन्धर सम्मान कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न मद्दत पुर्याउने सम्पूर्ण सहभागी साथीहरुलाइ नेवा पुच अध्यक्ष नबिन बज्राचार्यले धन्यबाद व्यक्त गरे।


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस