सन्तोष काफ्ले / एचकेनेपाल डटकम-
सुनसरी, पूर्वी नेपालमा भूकम्पको धक्का महशुस गरिएको छ। अहिले विहान १० वजेर १३ मिनेटमा पूर्वी नेपालमा भूकम्पको महशुस गरिएको हो।

सुनसरी,धनकुटा, तेह्रथुम, संखुवासभा, पाचथर, ताप्लेजुङ लगायतका जिल्लाहरुमा परेको छ। ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र धनकुटा सदरमुकाम रहेको बताईएको छ। ५ सेकेण्ड आएको भूकम्पले पहाडी जिल्लाहरुमा क्षति हुन सक्ने प्रहरीको अनुमान गरेको छ। तर भूकम्पले के कति क्षति भयो विवरण नआएको पूर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। भूकम्पको थप विवरण आउन भने बाकी रहको छ। २०६८ साल असोज १ गते आएको भूकम्पले पूर्वमा र पूर्वी पहाडी क्षेत्रमा निक्कै ठूलो क्षति परेयाएको थियो। भूकम्पको धक्का महसुस भएपछि धेरै जसो सर्वसाधरण घरवाहिर निस्किएका थिए।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

tep

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस