सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, नेकपा माओवादी लगायतका ३३ दलले गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ।
tep
निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट माओवादी, मञ्च संबद्ध संघीय लिम्बुवान राज्य परिषद लगायतका साना दलको बन्दको कारण पूर्वी नेपाल ठप्प भएको छ। पूर्वी नेपालमा लामो तथा छोटो दूरीका सवारी साधन, कलकारखाना , शैक्षिक संस्था तथा बजार पसल सवै ठप्प रहेको छ। ३३ दलका बन्दको कारण काठमाडौबाट पूर्वी पहाडी जिल्ला हिडेका यात्रुहरु सुनसरीको धरान र झापाको काकरभिट्टामा अलपत्र परेका छन्। बन्दका कारण पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, धनकुटा, ताप्लेजुग, तेह्रथुम, भोजपुर, संखुवासभा लगायतका जिल्लाहरु प्रभावित भएका छन्। बन्द सफल बनाउन विषेश गरी पूर्वी नेपालका माओवादी र लिम्बुवान कार्यकर्ताहरु हातमा लौरो बोकेर विहानैदेखि सडकमा निस्केका छन्। सबै सवारी साधन बन्द भए पनि मोटरसाइकल भने चल्न दिइएको छ। चार दलको सिण्डिकेट अन्त्य, मन्त्रि परिषदका अध्यक्ष खिलाराज रेग्मीको राजिनामासंगै गोलमेच सम्मेलनको माग गर्दै आन्दोलनरत ३३ दलले आगामी असोज ३ गते इटहरीमा क्षेत्रिय जनसभा गर्दै असोज ९ र १० गते नेपाल बन्दको घोषणा गरेका छन्। फोटो भिडियोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस