Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

नेपाल प्रतियोगिताबाट बाहिरियो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ चैत्र । युएईको सरजहाँ क्रिकेटमा मैदानमा मंगलवार क्यानाडासँग खेलमा पराजित हुंदै नेपाल आइसीसी विश्व ट्वान्टी-२० छनौट चरणबाट बाहिरिएको छ।

क्यानाडासँग भएको खेलमा नेपाल पराजित १८ रनले पराजित भएको छ। जितका लागि १ सय २ रनको लक्ष्य पछ्याएको नेपाल १८ दशमलव २ ओभरमा ८३ रनमा अल आउट भयो। नेपाल प्रतियोगिताको सेमिफाइनल प्लेअफमा पुग्नका १ सय २ रनको लक्ष्य १२ ओभरमा पुरा गर्नुपर्ने थियो।

नेपाल नेदरल्याण्ड्ससँग पराजित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ६ चैत्र । दुवईको ग्लोबल क्रिकेट एकेडमीको मैदानमा सोमवार भएको आइसिसी विश्व ट्वान्टी २० छनोटमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ।

नेपालले खेलेको ६ खेलमध्ये ३ मा जीत र ३ मा हार हात लागेको छ। यो हारसैगै नेपालको अघिल्लो चरणमा प्रवेश पाउने सम्भावना कठिन भएपनि आशा भने समाप्त भइसकेको छैन।

हेर्नुहोस् भिडियोः
Nepal VS Netherland ( ICC World Twenty20 Qualifiers 2012)

नेपालद्वारा बर्मुडा २४ रनले पराजित
एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ५ चैत्र । आइसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट अन्तर्गत आइतवार सम्पन्न खेलमा नेपालले बर्मुडलाई २४ रनले पराजित गरेको छ।

युएईको आवुधावीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउँदै १५१ रन बनाएको थियो। १५२ रन पछ्याएको बर्मुडाले निर्धारित २० ओभरको समाप्तिमा ५ विकेट गुमाउँदै १२७ रनमै समेटियो।


तस्वीर सौजन्य : आइसिसी

यो जितसंगै नेपाल ६ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ। त्यसैगरी, समान ६ अंक रहेको क्यानडा तेश्रो, ८ अंक बटुलेको नेदरल्याण्ड दोश्रो र अफगानिस्तान १० अंकसहित पहिलो स्थानमा रहेको छ।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by