सन्तोष काफ्ले / एचकेनेपाल डट कम –
सुनसरी, लेउती खोलामा आएको वाढीले क्षतिग्रस्त बनेको धरान धनकुटा राजमार्ग अन्तर्गतको घण्टेखोला सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन।

बाढीले सो क्षेत्रको ३ किलोमिटर सडक बगाएपछि सडक अवरुद्ध भएको थियो। सडक सञ्चालनमा नआउदा धरान, इटहरी लगायतका क्षेत्रमा साग सब्जीको अभाव सुरु भएको छ भने धनकुटाका विभिन्न गाविसमा सागसब्जी कुहिएको छ। सडक भत्किएपछि यात्रुहरु जोखिम मोलेर पैदल पात्रा गर्न बाध्य भएका छन्। सडक सञ्चालनको लागि डाइभर्सन निमार्ण गर्ने काम भइरहेको भए पनि वर्षासंगै बाढी नरोकिएकोले समस्या भएको पूर्वाञ्चल सडक डिभिजन कार्यालयले जनाएको छ। यसैबीच, वाढीले जिर्ण बन्दै गएको सेउती खोलाको पुरानो पुलको विकल्पको रुपमा निमार्णधिन पुल सम्झौता अवधि सकिए पनि अझैसम्म बन्न सकेको छैन। जसका कारण कोशी राजमार्गको पूर्व पश्चिम राजमार्गसंग सम्बन्ध विच्छेद हुने खतरा बढेको छ। धरानलगायत पहाडी जिल्ला र तराई जोड्ने सीमानाका रुपमा रहेको कोशी राजमार्गमा पर्ने धरान इटहरी सडक खण्डमा रहेको सेउती खोलाको पुल खतरामा रहेको बारम्बार सामाचारहरु आइ रहदा पनि सम्बन्धित निकाय मौन रहेदै आएको अवस्थामा भौतिक योजना तथा निर्माण मन्त्राललयका सचिव सूर्य सिटौलाले पुलको निरिक्षण गरेका छन्। उनले निमार्णधिन पुलको निमार्णको जिम्मा पाएको ठेगेदार कम्पनिलाई कारबाही गर्ने वताएका छन्। साथै उनले निमार्णधिन पुलको समेत निर्माण कार्य छिटो पुरा गर्न पहल गर्ने आश्वसन समेत दिएका छन।

फोटोः सन्तोष काफ्ले / एचकेनेपाल डट कम

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस