जीवन खकुरेल-
लण्डन। ६ अगष्ट। एनआरएन बेलायतमा ब्यापक आर्थिक हिनामिना भएको खुलासा भएको छ।
बर्तमान अध्यक्ष कुल आचार्य र महासचिब रामशरण सिंखडाको मिलोमतोमा बिभिन्न च्यारिटीबाट संकलन भएको रकम हिनामिना भएपछि केहीसमयअघि कार्यसमितिका सदस्यहरुले बिरोध जनाएका थिए। र, महासचिब सिंखडाले एक हप्ताभित्रै हिसाबकिताब दुरुस्त पार्ने बताएपछि बिबाद मत्थर भएको थियो। तर दुई महिना बितिसक्दा पनि संकलित रकमबारे कुनै जानकारी नआएपछि कार्य समितिका सदस्यहरु रुष्ट भएका छन्। एनआरएनका एक सदस्यले बताएका छन- महासचिब सिंखडाले गत जनवरी ६ मा पत्रकार सहयोगका लागि भएको च्यारिटीमा उठेको १६ लाख नेरु, मार्च ९ मा नारी दिवसको अवसरमा भएको च्यारिटीमा उठेको २५ लाख नेरु र गत जुलाई २१ मा भएको डिनर च्यारिटिमा उठेको १६ हजार पाउण्डको कुनै हिसाबकिताब नै छैन। कतिसम्म भने महासचिव सिंखडाले कार्य समितिलाई मौखिक हिसाबकिताब दिनेगरेका छन र संस्थाको वार्षिक अडिट सेमत आफ्नै नाता पर्नेको फर्मबाट गराएका छन्। जुन कुरा संस्थाका कोषाध्यक्ष दिलराज गुरुङलाई समेत थाहा दिइएको थिएन। कोषाध्यक्ष गुरुङले आफ्नो अनुपास्थितीमा आर्थिक हिनामिना भएको थाहा पाएपछि महासचिव सिंखडासंग तँ तँ म म नै भएको थियो। यसअघि सन् २०१२ मा सिंखडा आँफैले काम गर्ने रेष्टुरेण्टमा भएको सयुंक्त लगानी सम्बन्धी कार्यक्रममा उनले प्रतिब्यक्ति ६ पाउण्डका दरले कमिशन खाएको कुरा निकै चर्चामा थियो। जुन कुरा रेष्टुरेण्ट मालिकले थाहा पाएपछि सिंखडाले जागिरसमेत गुमाउनु परेको थियो। तथापि वर्तमान अध्यक्ष कुल आचार्यले महासचिव सिंखडाका करतुतहरु ढाकछोप गर्नु निकै रहस्यमय छ। कार्यसमितिकै अर्का एक सदस्य भन्छन्- अहिले बेलायतको एनआरएन भित्रको लडाईं संस्थाभित्र हुने गरेका भ्रष्टचारको बिरुद्धमा थियो र त्यसै कारणले एनआरएन टुक्रिएको हो। यदी आगामी दिनमा दोषीलाई कारबाही र अनियमितताका बारे छानविन हुने वातावरण बनेन भने बेलायतमा एनआरएनको नामोनिशान रहदैन।
jivankhakurel80@gmail.com
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b