प्रकाश अर्याल / एचकनेपाल डट कम
स्कटल्याण्ड, विश्वप्रसिद्ध धावकहरुहरु सहभागी हुने बेलायतको प्रतिष्ठित दौड ग्रेट बुपा नर्थ रन म्याराथनमा स्कटल्याण्डको एबरडिन शहर बस्ने संगीता शर्मा रेग्मी पनि सहभागी हुने भएकी छन्।
बेलायतको बीबीसी टिभीले समेत प्रत्यक्ष प्रसारण गर्ने म्याराथनमा रेग्मीको सहभागिताको उद्देश्य भने चितवनको असहाय बिद्यार्थीहरुको लागि सहयोग जुटाउने रहेको छ। यही १५ सेप्टेम्बरमा हुने विश्वकै महत्वपूर्ण मानिएको उक्त दौडमा विश्वप्रसिद्ध धावक दुई ओलम्पिक स्वण॔ पदक विजेता मो फराह, म्याराथनमा पूर्व विश्व रेकर्ड कायम गरेका तथा तथा दश हजार मीटर दौडमा दुई पटक ओलम्पिक विजेता ईथियोपियाका हेय्ली जिब्रेल्यासी तथा पाँच हजार र दश हजार हजार मीटर दौडमा ओलम्पिक र विश्व रेकर्ड कायम गरेका ईथियोपियाका केनेनिशा बेकेलीलगायत प्रसिद्ध धावकहरुको सहभागिता रहने छ।
उनले सरकारी विद्यालय नयाँ किरण मा.वि.मा भोजाड चितवनमा पढ्ने विपन्न बिद्यार्थीहरुलागि अक्षय कोष निर्माणको लागि करीब दुई लाख भन्दा बढी सङ्कलन गरिसकेकी छिन् भने अझ बढी सहयोग सङ्कलन हुने लक्ष्य राखिएको छ। आफ्नो कर्म थलोमा बिपन्न विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा धेरै खुसी लागेको र भविष्यमा अझ सहयोग गर्ने उनी बताउंछिन्। रेग्मीले यो अभियान हेल्प नेपाल नेटवर्कको सहकार्यमा गर्दैछिन्। यसको लागि सहयोग जुटाउने वेबसाइट डब्लु डब्लु डब्लु डट जस्टगिविंग डट कम र नयाँकिरणस्कूल मार्फत र व्यक्तिगत रूपमा अभियान चालिएको छ। हेल्प नेपाल नेटवर्क मार्फत उठेको सम्पूर्ण रकम अक्षय कोषमा जम्मा गरेर प्रत्येक वर्ष गरिब बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने लक्ष्य राखिएको छ। दौडको लागि उनी अहिले दिनहुँ अभ्यास गर्नुका साथै विपन्न बिधार्थीको सहायोगको अपिल पनि गर्दै छिन्। रेग्मी यस अघि पनि एक पटक हाफ म्याराथन र दुई पटक दश किलोमिटर च्यारिटी रनमा सहभागी भईसकेकी छिन्। नयाँ किरण मावि चितवनका प्रधानाध्यापक भानु उपाध्याय यस्तो सहयोगले विपन्न बिद्यार्थीमाथि विद्यालयको पहुँच अझ बढ्ने बताउछन्। २०२३ सालमा स्थापित उक्त बिद्यालयमा हाल करीब ६ सय विद्यार्थीहरू अध्ययनरत छन्।
फोटोः सागर सिम्खडा
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b