अर्जुन गिरी, पोखरा / एचकेनेपाल डट कम-
पोखराको ड्याम साइडस्थित अशोक गेष्ट हाउसको कोठामा गत साउन ११ गते रुपा मगरले त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरे पछि आत्महत्या गरिन्। यो घटनाले सिङगो कास्कीमा हल्चल मच्चायो। अझ जुन प्रेमिहरु होटलमा डेटिङ गर्ने गर्थे उनीहरुको त मुटुनै कामेको थियो। एक महिना वितिसक्दा पनि यो घटना जनमानसमा अझै ताजा नै छ। हुन पनि कसरी नहोस् ? पहिलो भेटमै कुनै प्रेमिकाले आफ्नो प्रेमिलाई खुकुरीले प्रहार गरेपछि आत्महत्या गर्छिन् भने।

तर रुपाले किन त्रिलोचनलाई खुकुरी प्रहार गरिन ? र किन आत्म हत्या गरिन भन्ने कुरा खुल्न सकेन रहस्यको गर्भमै रह्यो । रुपाको आत्महत्यासँगै त्यसको कारण पनि पत्ता लागेन । खुकुरी प्रहारपछि स्वास्थ्य लाभ गरेका त्रिलोचन शर्माले जे भने त्यसमै विश्वास गर्नुपर्ने अवस्था आएको छ । प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्टमा रुपाले आत्महत्या गरेको पुष्टी भएको छ, अन्य रिपोर्ट भने सामान्य देखिएको छ।

घटना भएको दुई दिन पछि साउन १३ गते कास्की प्रहरीले त्रिलोचनलाई अनुसान्धानको लागि हिरासतमा लिएको थियो । तर २१ दिन त्रिलोचनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्दा पनि घटना हुनको कारण खुल्न सकेन । अन्त्यत प्रहरीले त्रिलोचनलाई भदौ ४ गते छाडिदियो । यसरी घटना भएपछि त्यस घटनामा प्रत्यक्ष संलग्न भएका त्रिलोचनबाट पनि वास्तविता नखुल्नुमा कतै प्रहरीको त कमजोरी होईन?

त्रिलोचन र रुपामा विच फेसबुक र फोनमा राम्रोसँग कुरा हुने गथ्र्यो । उनीहरु विच घट्ना हुन भन्दा अघिल्लो दिनपनि फोनमा राम्रोसँग कुराकानी भएको त्रिलोचनको बयानमा छ। तर एक्कासी पहिलो भेटमै कुनै पे्रमिकाले त्यस्तो गर्ला ? यो प्रश्नले प्रहरी र सर्वसाधारण अचम्म परेका छन्।
प्रहरीका अनुसार त्रिलोचनले रुपासँग सम्बन्ध राम्रो भएको र पहिलो भेटमै घट्ना घटेको बताएका छन्। ‘त्यस दिन मैले उनलाई पहिलो पटक भेटेको थिए । पहिलो भेटमै उपहार दिन्छु भन्दै आँखा छोप्न लगाईन्। मैले हातले आँखा छोपे तर उनीले त्यसरी हुंदैन भन्दै आफ्नो सलले छोपिदिईन र एक्कासी खुकुरी प्रहार गरेकी हुन्।’ त्रिलोचनको भनाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजेशनाथ बस्तोलाले बताए।

प्रहरी स्रोतका अनुसार घट्नाको प्रकृति हेर्दा र त्रिलोचनले भनेका कुरा मिल्न जान्छ तर घट्ना हुनुको कारण भने त्रिलोचनले भन्न चहादैनन्। त्रिलोचनलाई कसैले सिकाएको हुन पर्छ । एक स्रोतका अनुसार त्रिलोचनका एक आफन्त सरकारी वकिल छन, उनैले सिकाएको हुनपर्छ । स्रोतले भने–‘ नत्र रुपाले एक्कासी किन त्यसो गरिन त? रुपाको बारेमा बुझ्दा रुपा पहिला अपराधी गतिविधिमा संग्लन भएकी केटी पनि होईन् र उनको मानसिक रुपले पनि ठिकै थिईन्।’

तनहुँ दुलेगौँडास्थित एक्लेखेतकी १९ वर्षीय रुपा र स्याङ्जा बिचारी चौताराका २० वर्षीय त्रिलोचन विच फेसवुकबाट सम्बन्ध अघि बढेको थियो। तीन महिना अघि त्रिलोचनले आफ्नो एक साथीको ‘फ्रेन्ड लिस्ट’ बाट रुपालाई ‘फ्रेन्ड रिक्वस्ट’ पठाएका थिए । त्यसपछि रुपाले उनको ‘फ्रेन्ड रिक्वस्ट’ स्वीकारेकी थिइन । फेसवुकमा दुईको ‘प्रोपाईल पिक्चर’ मा आफ्नो वास्तवीक फोटो पनि थिएन । रुपाको मा गुलावको फुल थियो भने त्रिलोचनकोमा भ्यागुताको आँखा थियो।
तिनीहरु कहाँका हुन ? को हनु ? भन्ने नखुलेपनि उनीहरु विच निकै छिटो सम्बन्ध बलियो भन्दै गएको थियो। सधै जसो उनीहरु विच फेसवुकमा कुराकानी हुने गथ्र्यो । कहिलेकाँही त्रिलोचनले रुपालाई आफ्नो बास्तविक तस्वीर फेसवुकमा राख्न आग्रह गर्थे तर कहिल्यै राखिनन्।
सधै जसो कुराकानी गर्दै उनीहरु विच आत्मीयता बढ्दै गएको थियो। त्यसपछि उनीहरु विचमा टेलिफोन नंम्बर साटासाट भयो। कहिले फेसवुकमा, कहिले फोनमा कुरा अघि बढ्न थाल्यो।
त्सपछि त्रिलोचन र रुपा पोखरामा भेट्ने भए। त्रिलोचनका अनुसार त्यो पहिलो भेट थियो। साउन ११ गते विहीबार उनीहरु पोखरामा भेट्ने पक्का भयो। साउन १० गते वेलुकी रुपामा र त्रिलोचन विच राम्रोसँग कुराकानी भएको थियो। रुपाले त्रिलोचनलाई पृथ्वीचोकमा लिन आउनु भनेकी थिईन्।

त्रिलोचन पनि भोलि पल्ट भेट हुने भयो भन्दै निकै खुसी भएका थिए । तर उनलाई के थाहा त्यो खुसीको परिणाम घातक पनि हुन सक्छ भनेर ? साउन ११ गते रुपाले आफ्नो साथीसँग ब्याग मागेर, त्यसमा खुकुरी ल्याएकी थिईन्।

त्यसदिन त्रिलोचन र रुपाको भेट पोखरामा भयो । उनीहरु ११ः३० बजेतिर पोखराको ड्याम साईडमा पुगे। उनीहरु विच कुराकानी भयो । दुईले एक होटलमा कोठा लिएर बस्ने निर्णय गरे।
पोखराको ड्याम साइड स्थित अशोक गेष्ट हाउस १२ बजे उनीहरु पुगे । अनि १० मिनेट चिसो पिउदै दुवैले बाहिर बसेर कुराकानी गरे । त्यसपछि होटल धनीसँग सस्तो कोठा दिन आग्रह गरे। होटल धनीका अनुसार उनीहरु कोठा नम्बर १०३ मा पसे।

त्यसपछि उनीहरु विच कुराकानी हुदै थियो। रुपाले त्रिलोचनलाई उपहार दिन्छु भन्दै आँखा छोप्न लगाईन । त्रिलोचनले पनि रुपाको कुरा स्वीकार्दै हत्केलाले आँखा छोपे । तर रुपाले त्यसरी छोपेर हुदैन भन्दै आफ्नो सलले त्रिलोचनको आँखा छोपिदिईन्। अनि ब्यागबाट खुकुरी निकालिन अनि र त्रिलोचनलाई प्रहार गरिन्। रुपाले पहिलो पटक प्रहार गर्दा त्रिलोचनलाई होसै भएन् । दोस्रो पटकको प्रहारमा बल्ल त्रिलोचनले आफुमा भएको प्रहारको अनुभूव गरेपछि आँखा छोपेको सल हातले ताने । त्यति खेरसम्म उनीमाथि रुपाले तेस्रो प्रहार गरेकि थिईन्।

रुपालाई ढकेल्दै त्रिलोचन रगताम्य हुँदै कोठाबाट बाहिर निस्किए। टाउको भरी चोटै–चोट, शरीर रगतले मुछिएको । त्रिलोचनले –‘मलाई अस्पताल लैजानुस्, मलाई अस्पताल लैजानुस्, मलाई बचाउ । ’ भन्दै थिए । त्रिलोचनलाई देखेर गेष्ट हाउस सञ्चालक अत्तालिए, उनले प्रहरीलाई फोन गर्न थाले। त्रिलोचन छटपटाइरहेका थिए, ट्याक्सी ट्याक्सी भन्दै थिए।

गेष्ट हाउस सञ्चालक भने –प्रहरी केस हो, पहिले प्रहरी आउनु पर्छ भन्दै थिए। भन्दा भन्दै प्रहरी घट्नास्थलमै आईं पुग्यो , घाइते त्रिलोचनलाई तत्कालै अस्पताल पुर्याइयो। प्रहरीको अर्को टोलीले त्रिलोचन घाइते भएर निस्केको कोठा नम्बर १०३ मा छानविन गर्न पुग्यो। कोठा भित्रैबाट बन्द थियो।

जति ढक ढक्याउँदा पनि खुलेन। अनि प्रहरीले घरको पछिल्तिरको झ्यालमा गएर कोठाभित्र हेर्दा त रुपाले ‘सिलिङ्ग’ पंखामा झुण्डिरहेकी थिईन्। तत्काल ढोका फोरेर कोठा भित्र प्रहरी पुग्दा रुपाको ज्यान गैसकेको थियो। घटनास्थलबाट प्रहरीले एक थान खुकुरी बरामद गरेको थियो , रगतले लत्पतिएको।

माथिको घट्ना क्रम समाधानले प्रहरी र त्रिलोचनको बयानको आधारमा तयार पारेको हो । घट्ना हुनको कारण भने खुल्न सकेन। रुपाले आखिर किन यस्तो गलत कदम चालिन ? प्रश्नको विषय बनेको छ। वास्तवमै रुपामा कुनै अन्याय भएको थियो भने उनीले कानुनी बाटो रोज्न सक्थिन तर उनले यस्तो कठोर निर्णय लिइन्।

कास्की प्रहरीका अनुसार आर्थिक बर्ष २०६९/२०७० मा ६२ वटा झुण्डिई आत्महत्या गर्ने मुद्दा दर्ता भएको थियो भने ज्यान मार्ने उद्योग अर्थात कसैलाई हत्या गर्ने प्रयासमा २३ वटा मुद्दा दर्ता भएका थिए।

मानिसमा किन आउछ गलत कदम ‘आत्महत्या’
मानिसमा सहनशक्तिको अभाव, मानसिक दबाब र बढी महत्वकांक्षी हुनु आत्महत्याको प्रमुख कारकतत्व मानिन्छ।

आफ्नो क्षमताको सही आँकलनविना नै लक्ष्य निर्धारण गरेर मानिस यथार्थबाट टाढा हुँदै जान्छन्। असफलता हात लागेपछि निराश भएर मानिस आफुलाई निरर्थक र महत्वहीन मान्न थाल्छन्। यस्तो परिस्थितिमा मानिसहरु आत्महत्या गरेरै त्यसबाट मुक्ति पाउने प्रयास गर्छन ।
मनोचिकित्सकहरुका अनुसार सामान्य रुपमा कुनै व्यक्तिको मनमा आत्महत्याको विचार एउटा आवेगका कारण शारीरिक, सामाजिक, मानसिक, धार्मिक तथा भावनात्मक आदि हुन सक्छन्।
यस्तो आवेग सामान्यतः तीन मिनेटसम्म रहन्छ । यदि उक्त तीन मिनेटको अवधिमा उक्त व्यक्तिलाई रोक्न सकियो भने उसले आत्महत्याको विचार आफ्नो मानबाट त्यागी दिन्छ।

आत्महत्या अन्तिम बिकल्प होईन

मानसिक रुपले पीडित मानिसको आत्मविश्वास देश र समाजको महत्वपूर्ण व्यक्तिहरुको जीवनको समस्या र संघर्षको उदाहरण दिएर बढाउन सकिन्छ। जसले मानिस आत्महत्याको विचार त्यागेर आफ्नो समस्याबाट बच्ने प्रयास गर्न सक्छ। यदि मानिस कुनै लक्ष्य वा उसले चाहेको कुरामा असफल भयो भने के बुझ्नुपर्छ भने यो जीवनको अन्तिम परीक्षा होईन।

ऊ मात्र पहिलो व्यक्ति होईन जो आफ्नो जीवनमा दःख पाएको छ। ऊ जस्तै हजारौ, लाखौ मानिसहरुले यस्तो समस्या झेल्नु परेको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस