एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, १८ भदौ। हङकङमा बस्दै आएकी गायिका सुनिता प्रधान (लिम्बु)को नयाँ गीत ‘फूलमा खोजे तिमीलाई…’ को म्युजिक भिडीयोको युट्युब लिङ्क एचकेनेपाल डट कमबाट सार्वजनिक गरिएको छ।

२०७० सालभित्रै बजारमा आउँन लागेको सुनिता प्रधानको सोलो अल्बम ‘आरोही’मा समेटिने यो गीतको शब्द अनुशीलको हो भने राजु सिंहले संगीत दिएका हुन्। काठमाडौंको गोदावारीको सेरोफेरोमा छायाङ्कन गरिएको म्युजिक भिडीयोको निर्देशन फुर्वा शेर्पाले गरेका हुन् भने नायिका तथा मोडल रिमा विश्वकर्माको अभिनय रहेको छ।

‘आरोही’अल्बमका लागि अन्य गीतहरु रेकर्डिङ्गको काम भइरहेको गायिका सुनिता प्रधानले एचकेनेपाल डट कमलाई बताईन्। अल्बमको सबै गीत अनुशीलले लेखेका हुन् भने संगीतकारहरुमा राजु सिंह, सुरेश अधिकारी, सचिन सिंह, आलोकश्री, हरि लम्साल र कमल खत्री रहेकाछन्। तस्बीरहरु: एचकेनेपाल डट कम

WATCH MORE MUSIC VDIEO


Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस