Namaste ! Welcome to HKNepal.com | एचकेनेपाल डट कम, हङकङ | First Nepali Internet Magazine in Hong Kong

विदेशमा कमाएको पैसा उडाएको भन्दै श्रीमतीको हत्या

एचकेनेपाल डट कम संवाददाता-
सिन्धुली, ५ चैत्र । विदेशमा कमाएर पठाएको पैसा उडाएको भन्दै एक युवकले आइतवार विहान श्रीमतीको हत्या गरेका छन्।

सिन्धुलीको हत्पते गाविस–९ घाटगाँउका रामस्वरुप कुँमरले श्रीमती छाउनी कुँमरको हत्या गरेको प्रहरीले जनाएको छ।

छाउनीको हत्यापछि प्रहरीसमक्ष आत्म समर्पण गर्न पुगेका रामस्वरूपले विदेशबाट कमाएर पठाएको पैसा मोजमस्तीमा उडाएकोले हत्या गरेको बयान दिएका छन्।

रामस्वरूपले घाँटीमा खुकुरी प्रहार गर्दा टाउको र शरीर दुई टुक्रामा छुट्टिएको ईलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक कुलवीर चन्दले बताए। हत्यामा प्रयोग भएको खुकुरी लिएर उनी ईलाका प्रहरी कार्यालय डकाहामा आत्म समर्पण गर्न पुगेका थिए।

स्थानीयबासीका अनुसार रामस्वरूप ५/६ दिनअघि मात्र विदेशबाट घर आएका थिए।

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस
 
 

About the author

More posts by