एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ७ कार्तिक। राज्यबाट अपेक्षित सहयोग नपाएका क्यान्सर पीडित डा. चित्रप्रसाद शर्मा वाग्लेको अन्ततः विहीबार धापासीस्थित ग्रान्डी अस्पतालको सघन कक्षमा उपचारको क्रममा निधन भएको छ। आर्थिक अभाव र महंगो उपचार खर्चको कारण उनलाई विदेश (भारतबाहेक) लान सकिरहेको थिएन। देशविदेशबाट संस्थागत र व्यक्तिगत सहयोगले उपचार खर्च धानिरहेका बाग्ले पल पल मृत्यु कुर्दै बाँचिरहेका थिए। उनी सुविधासम्पन अस्पताल छोडेर १२ बर्षदेखि अर्घाखाँचीको सन्धीखर्कस्थित जिल्ला अस्पतालमा कार्यरत थिए। त्यागी र समाजसेवी डाक्टरको रुपमा चिनिएका बाग्ले सरकारको उचित सहयोग पाए बाँच्न सक्ने आशामा थिए।



डा. वाग्लेको मर्मस्पर्शी अन्तर्वार्ता हेर्नुहोस्

Dr. Chitra Prasad Sharma Wagle in TOUGH talk with Dil Bhusan Pathak

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस