लालबहादुर ढेंगा / एचकेनेपाल डट कम –
दुबई, युएई। “हाम्रो भाषा, लिपि, धर्म, संस्कृति र पहिचानको निम्ती सधै एक हौं” भन्ने मुल नाराका साथ गत ३० अगस्त शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा विधिवत रुपले सातौं महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ।

महाधिवेशनले आगामी दुई बर्षे नयां कार्यकालका लागि हस्तराज दर्लामी मगरलाई अध्यक्षको पदमा चयन गरेका छन् । निवर्तमान अध्यक्ष नुनप्रसाद सोमै मगरको दुई बर्षे कार्यकाल सफलता पूर्वक पूरा भएपछि सो महाधिवेशन गरिएको हो। प्रमुख अतिथि, अध्यक्ष तथा अन्य अतिथिहरुद्धारा दीप प्रज्योलन गरि लखन थापाको तस्विरमा खादा ओढाई महाधिवेशनको थालनी गरिएको थियो । विभिन्न क्षेत्रीय समितिहरुद्धारा आ–आफ्नो कार्यप्रतिवेदन पढेर सुनाएका थिए। सन् २००५ मा स्थापना गरिएको मगर संघ युएईले युएईस्थित कार्यरत मगरहरुलाई समेट्दै आफ्नो मौलिक भाषा, कला र संस्कृतिको जर्गेना गर्दै आएका छन्। युएईस्थित क्रियाशिल अन्य संघ संस्थाहरुसंग सहकार्य गरि विभिन्न क्षेत्रमा हातेमालोका साथ आफ्नो सक्दो सहयोग गर्दै आएका छन्। दुई चरणमा विभाजन गरिएको सातौं महाधिवेशनको पहिलो चरण नेपाल जनजाति महासंघ युएईका निवर्तमान अध्यक्ष र मगर संघ युएईका केन्द्रीय सल्लाहकार गिरमान गाहा मगरको प्रमुख आतिथ्यता र मगर संघ युएईका वर्तमान अध्यक्ष नुनप्रसाद सोमै मगरको अध्यक्षतामा भएको थियो । त्यसैगरी बिशेष अतिथिमा सल्लाहकार लालबहादुर ढेंगा, अन्य अतिथिहरुमा केन्द्रीय पदाधिकारीहरु र क्षेत्रीय प्रमुखहरु रहेको महाधिवेशनलाई वर्तमान सचिव ललितमान रानाले संचालन गरेका थिए। त्यसैगरी दोस्रो चरणको घोषणा सभाको प्रमुख अतिथिमा नेपाल जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरुङ रहनुभएको थियो भने घोषणा सभाको अध्यक्षता निर्वाचन समिति संयोजक धनेन्द्र मास्की राना मगरले गर्नु भएको थियो । बिशेष अतिथिमा गिरमान गाहा मगर र अन्य पदाधिकारीहरु अतिथि रहेको घोषणा सभालाई सुश्री पुलामी मगरले संचालन गरेकी थिइन्। सो महाधिवेशनले पूरानो कार्यसमितिलाई विघटन गरि हस्तराज दर्लामी मगरको अध्यक्षतामा नयां कार्यसमिति चयन गरेको छ । जसमा क्रमशः अध्यक्षमा हस्तराज दर्लामी मगर, वरिष्ठ उपाध्यक्षमा भरत राना मगर, उपाध्यक्षमा राजु सिंजाली मगर, ललितमान राना मगर, अशोक रामजाली मगर, महासचिवमा खेम रास्कोटी मगर, सचिवमा सुरेन्द्र रोका मगर, कोषाध्यक्षमा ज्ञानबहादुर सारु मगर, सहकोषाध्यक्षमा टंक थापा मगर र प्रवक्तामा खुमबहादुर आले मगर रहेका छन्। अन्य सदस्यहरुमा चुमानसिंह सारु मगर, हर्क थापा मगर, टोपबहादुर रेश्मी मगर, शिला राना मगर, होम थापा मगर, भुवन थापा मगर, लालबहादुर सिंजाली मगर, गम्भिर सिंजाली मगर, लोकबहादुर सुनारी मगर, आशिका पुलामी मगर, चन्दा पुलामी मगर, प्रदीप थापा मगर, चन्द्र राना मगर, खुमबहादुर सारु मगर, चोकबहादुर पुन मगर, सुनिता थापा मगर र मुक्त थापा मगर रहेका छन्।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस