एचकेनेपाल डट कम संवाददाता-
गैरआवासीय नेपाली संघ(एनआरएन) अंन्तर्राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पदका लागि भवानी वलीले आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा गरेका छन्।
अस्ट्रेलियाको सिड्निमा आइतवार आयोजित एक समारोहका बीच वलीले आफ्नो उम्मेदवारीको विधिवत घोषणा गरेका हुन्। वलिको यो उम्मेदवारी एनआरएनको लागि मात्र नभै समग्र नेपालीहरूको लागि समेत महत्वपूर्ण रहेको भन्दै अस्ट्रेलियाका बुद्दिजीवी, समुदायका प्रतिनिधि तथा विभिन्न क्षेत्रका ब्यक्तिहरूले सो कार्यक्रम मार्फत शुभकामना तथा सुझाव दिएका थिए। सोही क्रममा एनआरएनसँग सम्बन्धित विभीन्न ब्यक्तिहरू डा होम मुर्ति पन्त, डा कृष्ण हमाल, डा सम्शेर सिँह थापा, एनआरएन अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वली लगायतले एनआरएनको वर्तमान चुनौती र अवसरसँग वली निकै परिचित रहेकाले उनको सफलताले आम नेपालीलाई नै लाभ पुर्याउने चर्चा गर्दै सफलताको शुभकामना दिएका थिए।
“संजालको रचनात्मक प्रयोग, अलमलको निकाश
गाउँ गाउँमा एनआरएन, ठाउँ ठाउँमा विकाश”
भन्ने सन्देशका साथ आफ्नो उम्मेदवारी दिएका वोलीले गैरआवासीय नेपालीको सञ्जाललाई नेपाल र नेपालीको हितमा उच्चतम प्रयोग गर्ने उद्देश्यले आफूले सो उम्मेदवारी दिएको सो अवसरमा बताए। उपयुक्त सांगठनिक संरचना र रचनात्मक सञ्जाल निर्माण हुन नसकेका कारणले हाल सञ्जालमा अन्तर्निहित शक्तिको अत्यन्त सानो अंश मात्र परिचालित हुन सकेको परिस्थितिमा आफ्नो उपस्थितीले एनआरएनलाई आम नेपालीको सँस्था बनाउन सघाउने उनको धारणा थियो। कार्यक्रममा बिष्णु हमाल , सन्तोष सिटौला, डिला खरेल, गणेश तामाङ्ग, छिरिङ शेर्पा, समिम अनवार, रमेश पाण्डे, होम पाण्डे, अरुण शाह लगायत समुदायका अन्य प्रतिनिधिहरूले वलीलाई शुभकमना तथा सुझाव प्रस्तुत गरेका थिए। परोपकारी कार्यको लागि वर्षको ५० मिलियन डलरसम्म नेपाल भित्र्याउने, वैदेशिक रोजगारसँग सम्बन्धित सबैखाले समस्याको स्थायी समाधान निकाल्ने,सामुहिक लगानीको क्षेत्रमा ठूलो सहभागिता बढाउने लगायतका विषयहरू वलीको घोषणापत्रका गुरुयोजना रहेका छ्न्।
कार्यक्रममा उठाइएका सवालहरूको जवाफ दिंदै वलीले संघलाई गति दिने तथा नयाँ दृष्टिकोणसहित रुपान्तरण गर्ने नेतृत्वको आवश्यकता महसुस गरेर आफूले सो उम्मेदवारी घोषणा गरेको बताउंदै आफ्नो उम्मेदवारी एनआरएनमा आजसम्म गरेको योगदान, क्षमता, अनुभव र दृष्टिकोण अनुकूल नै रहेको बताएका छन्। कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको थियो। करिव एक दशक भन्दा बढि समयदेखि अस्ट्रेलियामा ब्यवसाय सन्चालन गर्दै आएका वलीले अस्ट्रेलियामा आधारित रहेर एनआरएनको राष्ट्रिय र केन्द्रिय समितिमा पटक पटक विभिन्न पदमा रहि काम गरेको अनुभव हासिल गरेका छ्न्।
Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b