तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
गत हप्ता राजदूत डा.मायाकुमारी शर्माका साथ कतारमा कार्यरत् रहेका विभिन्न तह र तप्काका नेपाली महिलाहरुले हर्सोल्लासका साथ तीज मनाए।

वर्षमा एकचोटी आउने महिलाहरुको महान चाड तीज कतारमा कार्यरत् नेपाली दिदीबहिनीहरुसंग सामुहिक रुपमा मनाउन राजदुत डा. शर्माले आफ्नो निवासमा तीज कार्यक्रमको आयोजना गरी कतारमा विभिन्न पेशामा आवद्ध नेपाली दिदीबहिनीहरुलाई निम्त्याएका थिए । नेपाली महिला समाज दोहा कतारका अध्यक्ष रेखा राई लगायत महिला समाजका अन्य सदस्यहरु, कतारमा व्यवसाय गरी रहेका व्यवसायी महिला दिदीबहिनीहरु, कतारका विभिन्न क्षेत्रमा कार्यरत् नेपाली दिदीबहिनीहरुको वाक्लो उपस्थितिमा महिलाहरुले विधीपुर्वक नाचगान सहित नाच्दैगाउदै धुमधामका साथ हरितालिका तीज मनाए।

सोही अवसरमा राजदुत डा. शर्माले देशविदेशमा रहने सम्पुर्ण नेपाली महिला दिदीबहिनीहरुलाइ नेपाली महिलाहरुको महान चाड तीजको शुभकामना दिए ।
कतारमा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरु लगायत उनीहरुका परिवारको लागि सुखद कामना गर्दै कतारमा कार्यरत् नेपाली दिदीबहिनीहरु एकआपसमा एकैथलोमा भेला भई नेपालमा रहेका आफ्ना आफन्त परिवारसंगै रमाइलो तीज मनाएको तिर्सना मेट्नका लागि प्रवासमा सबैजना यसरी भेला भएर यसवर्षको तीज पर्व मनाउन यो कार्यक्रमको आयोजना गरेको राजदुत डा. शर्माले बताए।

नेपाली दिदीबहिनीहरुले आफ्नो महान चाड तीज कतारमा नेपालीहरुका अविभावक महिला राजदुत महामहिम डा. शर्माले कतारमा कार्यरत् नेपाली महिलाहरुका लागि तीज कार्यक्रमको आयोजना गरेर एकैठाउमा सबैजना रमाउन पाउदा आफुहरु गौरवान्वित भएको बताउदै राजदुत डा. शर्माप्रति आभार व्यक्त गरेका थिए । महिलाहरुले तीजको अघिल्लो दिनमा दर खाइ भोलीपल्ट २४ घण्टासम्म निरजला व्रत बसी आफ्ना पति र परिवारका लागि सुस्वास्थ्य र सुखद कामना गर्दै भगवान शिवको आराधना र पुजाआजा गर्ने र अविवाहित महिलाहरु राम्रो वर पाइयोस्, भविष्य सुखमय होस् भनेर परिवारसंगै फलफुल र पानी समेत नपिई निराहार व्रत बस्ने चलन रहेको छ । तीजको तेस्रो दिनमा दतिवन र त्यसको पात लगायत रातो माटो सहित पवित्र नदीमा नुवाइधुवाई गरेर परमेश्वरको आराधना पुजापाठ गर्ने परम्परा रहेको यो तीज नेपाली महिलाहरुको महान पर्वको रुपमा सनातनदेखि मनाउदै आइरहेको र प्रवासमा रहेका नेपाली महिलाहरुले पनि समयानुकुल पारेर तीज पर्वमा निरजला, निराहार व्रत समेत बसी धुमधामका साथ मनाउने चलन रही आएको छ।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस