एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं, १७ भदौ। त्रिमूर्ति निकेतनले श्रीहरि फुयाँल, सरुभक्त श्रेष्ठ र मञ्जु काँचुलीेलाई यस वर्षका लेखनाथ, सम र देवकोटा पुरस्कार प्रदान गर्ने भएको छ।

निकेतनबाट नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्याएवापत श्रीहरि फुयाँललाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ। त्यसैगरी नाट्यक्षेत्रमा समर्पित भई नेपालमा नाटकको महिमा र गरिमालाई बौद्धिक चिन्तन र सोचबाट उत्कृष्ठताको शिखरमा पुर्याउन उद्धत सरुभक्त श्रेष्ठलाई ‘बालकृष्ण सम पुरस्कार’ र नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्याएवापत मञ्जु काँचुलीेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन्।

ताम्रपत्रका साथै जनही दस हजार रूपियाँ राशिका यी पुरस्कार आगामी त्रिमूर्ति दिवसका अवसरमा असोज ११ गते काठमाडौंमा प्रदान गरिने छ। त्रिमूर्ति निकेतनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न निकेतनको साधारणसभाले सो निर्णय गरेको हो।

Join Us:
YouTube: http://www.youtube.com/HKNepal
Like Facebook Fan Page: http://alturl.com/uvemh
Twitter: http://alturl.com/ffko4
Google+: http://alturl.com/fsu8b

हामीसंगै रहनको लागिः फेसबुक | ट्विटर | गुगल प्लस